काठमाडौं । नबिल बैंकले पोखरामा प्रादेशिक कार्यालय तथा ३ नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । उक्त ४ नं. प्रदेशको प्रादेशिक कार्यालयको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जि.सी.तथा बैंकका संचालक समितीका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा गरेका छन् । साथै, बैंकका अध्यक्ष पौड्यालले तालचोक, बगर र अमरसिंहचोक स्थित ३ नयाँ शाखाहरुको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर जिसीले भने ‘नबिल बैंकको प्रादेशिक कार्यालय र थप ३ नयाँ शाखाहरु सहित पोखरामा बैंकले ५ वटा शाखाहरुबाट सेवा प्रदान गर्ने भएकोमा हामीलाई अत्यन्त खुशी लागेको छ । बैंकले दिने सेवा सुविधाहरुबाट पोखराको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास हामीले लिएका छौं ।’
उक्त अवसरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्रका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप विभिन्न क्षेत्रमा आफ्नो शाखा कार्यालयको सजांल बढाउँदै लगिरहेको बताएका छन् ।
हाल बैंकले ६२ वटा शाखाहरु, १०५ वटा एटिएम, १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् सेवा प्रदान गदै आइरहेको छ ।