सिद्धार्थ बैंकले ल्यायो नगद फिर्ता योजना, भिसा कार्डबाट सपिङ गर्दा १० प्रतिशत रकम थप

<p>काठमाडौं । सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा नगद फिर्ता (क्यास ब्याक) योजना सञ्चालनमा ल्याएको छ ।  बैंकले ल्याएकाे यस योजना अन्तर्गत् भिसा कार्डका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्दा आफ्नो खातामा नगद फिर्ता पाउनेछन् । यस योजना अन्तर्गत् यस बैंकका भिसा कार्डका नयाँ ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड एक्टिभेट गरेको १५ [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा नगद फिर्ता (क्यास ब्याक) योजना सञ्चालनमा ल्याएको छ ।  बैंकले ल्याएकाे यस योजना अन्तर्गत् भिसा कार्डका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्दा आफ्नो खातामा नगद फिर्ता पाउनेछन् ।

यस योजना अन्तर्गत् यस बैंकका भिसा कार्डका नयाँ ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड एक्टिभेट गरेको १५ दिन भित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा उक्त पहिलो कारोबार अन्तर्गत भएको कुल खरिद रकमको १५ प्रतिशत वा अधिकत्तम १ हजार रुपैयाँसम्मको नगद आफ्नो खातामा फिर्ता पाउने छन् ।

यसैगरी भिसा कार्डको प्रयोग गरिरहेका ग्राहकहरुले बैंकको भिसा डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत् तीन वा तीनभन्दा बढी खरिद कारोबारमा कुल न्यूनतम १००० रुपैयाँको खरिद गरेको खण्डमा आफ्नो खरिद रकमको १० प्रतिशत वा अधिकत्तम १००० रुपैयाँसम्मको नगद खातामा फिर्ता पाउनेछन् । यो योजना चैत मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरुलाई वस्तु तथा सेवाको खरिद गर्दा नगदको प्रयोगको सट्टा कार्ड मार्फत् भुक्तानी गर्न अभिप्रेरित गर्नु बैंकको उद्देश्य रहेको कम्पनीले बताएको छ ।

Share News