हवाइजहाजबाट सामान ल्याउदैं हुनुहुन्छ ? गोदामको भाउ बढ्यो यस्तो छ मूल्यसूचि

<p>काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विमानबाट ओसारपोसार हुने ६ प्रकारका सामाग्रीको भण्डारनमा शुल्क बृद्धि गरेको छ ।    विमानबाट आयात निर्यात हुने साधारण, बहुमूल्य, नाशवान, खतराजन्य, एक्सप्रेस कुरियार व्याग र जिवित जनावर लगायत बस्तुको भण्डारनको शुल्क बृद्धि गरेको हो । कम्पनीका प्रमुख स्रोसराज भण्डारीका अनुसार साधारण मालसामानको निर्यात गर्दा प्रतिकेजी २ रुपैंया [&hellip;]</p>

काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विमानबाट ओसारपोसार हुने ६ प्रकारका सामाग्रीको भण्डारनमा शुल्क बृद्धि गरेको छ ।   
विमानबाट आयात निर्यात हुने साधारण, बहुमूल्य, नाशवान, खतराजन्य, एक्सप्रेस कुरियार व्याग र जिवित जनावर लगायत बस्तुको भण्डारनको शुल्क बृद्धि गरेको हो ।

कम्पनीका प्रमुख स्रोसराज भण्डारीका अनुसार साधारण मालसामानको निर्यात गर्दा प्रतिकेजी २ रुपैंया ८५ पैसादेखि २ सय रुपैंया पर्नेछ, आयात गर्दा प्रतिकेजी ५ रुपैंया ३५ पैसादेखि १ सय रुपैंया पर्नेछ । बहुमूल्य मालसामानको निर्यात गर्दा प्रतिकेजी ३ सय रुपैंया र निर्यात गर्दा २ सय रुपैंयादेखि ८ सय रुपैंयासम्म पर्नेछ ।

त्यसैगरी, नाशवान सामाग्री निर्यात गर्दा प्रतिकेजी ३ सय रुपैंया र आयात गर्दा ८ रुपैंयादेखि २ सय रुपैंया पर्नेछ । खतराजन्य मालसामानको निर्यात गर्दा ६ सय रुपैंया र आयात गर्दा १६ देखि ४ सय रुपैंया पर्नेछ । त्यसैगरी एक्सप्रेस कुरियर व्याग र एक्सप्रेस कुरियर पार्सल र एक्सप्रेस कार्गो लगायतको सामाग्री निर्यात गर्दा प्रतिकेजी १ सयदेखि ५ सय रुपैंया र आयात गर्दा प्रतिकेजी ५ रुपैंया देखि २ सय रुपैंया पर्नेछ ।

जीवित जनावर आयात निर्यात गर्दा भने बहुमूल्य मालसामानको भन्दा दोब्बर शुल्क लाग्ने भण्डारीले बताए । तर मृत सरीर वा दैविक प्रकोक मालसामानको भने कुनै दस्तुर नलाग्ने कम्पनीले जनाएको छ ।

निर्यात गर्दा पहिलो चौविस घण्टासम्मको लागि डिमरेज दस्तुर लाग्ने छैन । ३० दिनसम्म प्रतिकेजी १ रुपैंया, ३१ औं दिनदेखि ६० दिनसम्म प्रतिकेजी १ रुपैंया ५० पैसा र ६० दिनदेखि पछि जतिसुकै दिन भएपनि प्रतिकेजी २ रुपैंयाको दरले डिमरेज दस्तुर लाग्नेछ ।

त्यस्तै आयात गर्दा ५ दिनसम्म डिमरेज दस्तुर लाग्नेछैन । ३० दिनसम्म प्रतिकेजी २ रुपैंया ३१ औं दिनदेखि ६० दिनसम्म प्रतिकेजी १ रुपैंया ५० पैसा र ६० दिनभन्दा बढी जतिसुकै दिन भएपनि प्रतिकेजी ४ रुपैंयाको दरले डिमरेज दस्तुर लाग्नेछ ।

यसअघि आयात गरिएको बस्तुमा ५० केजीसम्म ७० रुपैया, ५१ केजी देखि ५०० केजीसम्म १४० रुपैंया ५०१ केजी देखि १००० केजीसम्म २२० रुपैंया र १ हजार भन्दामाथी जतिसुकै केजी भएतापनि २८० रुपैंया शुल्क निर्धारण गरिएको थियो ।

यसैगरी निर्यात गर्दा ७ दिनसम्मको निशुल्क रहेको थियो भने ८ देखि ३० दिनसम्को प्रतिकेजी ४० पैसा, ३१ देखि ६० दिनसम्म ८० पैसा र ६० दिनभन्दा बढी जतिसुकै दिन भएपनि १ रुपैंया २० पैसा शुल्क तोकिएको थियो ।

 

Share News