गोपाल पराजुली पेशी तोक्नबाट बञ्चित, न्यायाधीशहरू काममा फर्कने

<p>काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषदले पदमुक्त गरेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई बिहीवारबाट पेशी तोक्नबाट बञ्चित गरेको छ। पराजुलीले त्यो पुष्टि गर्दै बीबीसीलाई आफूले त्यसबारे बुझिरहेको जानकारी दिए। उनले भने, मैले निवासबाटै मुद्दाको पेशी तोक्ने गरेको थिएँ, आज त्यसमा मलाई रोक लगाएर त्यसको अधिकार दीपक श्रीमान्‌लाई दिइएको रहेछ। त्यसबारे म बुझ्दैछु । बुधवार न्यायपरिष‌द्का सचिव नृपध्वज [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषदले पदमुक्त गरेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई बिहीवारबाट पेशी तोक्नबाट बञ्चित गरेको छ।

पराजुलीले त्यो पुष्टि गर्दै बीबीसीलाई आफूले त्यसबारे बुझिरहेको जानकारी दिए। उनले भने, मैले निवासबाटै मुद्दाको पेशी तोक्ने गरेको थिएँ, आज त्यसमा मलाई रोक लगाएर त्यसको अधिकार दीपक श्रीमान्‌लाई दिइएको रहेछ। त्यसबारे म बुझ्दैछु ।

बुधवार न्यायपरिष‌द्का सचिव नृपध्वज निरौलाले पराजुलीको उमेर हद गत साउनमै सकिएको भन्दै उनी पदमुक्त भइसकेको बेहोरासहितको पत्र राष्ट्रपति, प्रधानमन्त्री सहितका निकायलाई पठाएका थिए।

योसँगै बिहीवारबाट वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले मुद्दाको पेशी तोक्ने सर्वोच्च अदालत श्रोतले बीबीसीलाई बताएको छ।

 

विवादकाे कारण

न्यायपालिकामा उत्पन्न पछिल्लो विवादका कारण इजलास नै बहिष्कार गरेका आठ न्यायाधीशहरूले समेत काममा फर्कने निर्णय लिएको बताइएको छ । जोशी स्वयंले उनीहरूलाई आफूले पेशी तोक्न लागेकाले काममा फर्कन आग्रह गरेको बुझिएको छ। सर्वोच्च स्रोतले भन्यो, दिपक श्रीमान्‌ले नै म पेशी तोक्दैछु। तपाईँहरू काममा फर्किनुपर्छ भनेपछि हामी आजबाट काममा फर्कन लागेका हौं।

इजलास बहिष्कार गरेका ८ न्यायाधीशबाहेक पराजुलीले पेशी तोकेकोमा आपत्ती जनाएका न्यायाधीश चोलेन्द्रशमशेर जबरा पनि आजबाट काममा फर्कने बताइएको छ।

न्याय परिषद् सचिवालयको पत्र गैरकानुनी : पराजुली 

प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा न्याय परिषदको पत्रलाई चुनौती दिदै काममा फर्कन्छुु पराजुलीले बीबीसीलाई बुधवार साँझ दिएको अन्तरर्वार्तामा आफू पदमुक्त नभएको र नियमित रूपमा काममा जाने बताएका थिए।

बिहीवार बिहान उनले आफूले न्याय परिषद्का सचिवको पत्रलाई बदर गराउने प्रयास गरिरहेको र त्यसका लागि न्याय परिषद्को बैठक डाक्न खोजेको बताए। उनले भने, यो विषय टुङ्गो लगाएर मात्रै म आज अदालत जान्छु।

Share News