काठमाडौं । भरतपुर महानगरपालिका स्थित चितवनमा निर्माधिन अन्तराष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण कार्य तिव्र रुपमा अघि बढेको छ । नेपाल उद्योग परिसंघले परियोजनाको निर्माण कार्य तिव्र गतिमा अघि बढेको बताएको हो ।

प्रदर्शनी केन्द्रको क्षेत्रफल करीव ६० हजार वर्ग फिट रहेको छ । जसमा अन्तराष्ट्रिय स्तरको पोल्ट्री एक्स्पो र राष्ट्रिय सूचना प्रविधि (आइटी) प्रदर्शनी समेत उक्त निर्माणाधिन प्रदर्शनी केन्द्रमा सम्पन्न भइसकेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले चैत चौथो साता चितवनमा हुने पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ सम्बन्धी जानकारी गराउनेक्रममा बताए थिए ।
प्रदर्शनी निर्माणले देशको आर्थिक विकासमा औद्योगिकीकरणको महत्वपूर्ण भूमिका रहने तथा स्वदेशी उद्योगहरुको प्रवद्र्धन हुने संघले विश्वास लिएको छ । औद्योगिकरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले चितवन जिल्लाकै गहनाको रुपमा रहेको भरतपुर–१०, चितवनमा उद्योग मन्त्रालयको विशेष सहयोगमा नेपालउद्योग परिसंघ र चितवन उद्योग संघकोको पहलमा सो प्रदर्शनी केन्द्र निर्माण कार्य अघि बढेको परिसंघको भनाइ छ ।
संघको अनुसार उक्त निर्माणधिन प्रदर्शनी केन्द्रमा कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधि लगायतका सेवाजन्य उद्योग एंव उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्न भविश्यमा विभिन्नन प्रदर्शनीहरु हुने जनाइएको छ ।