४ महिनामै बिक्यो ५० हजार युनिट हुवावेको नोभा २–आई

<p>काठमाडौं । चार महिनाको अबधिमा ५० हजार युनिट हुवावेको नोभा २–आई बिकेको छ । नोभेम्बर २०१७ देखियता ४ महिनाको अबधिमा ५० हजार युनिट उक्त हुवावेको नोभा २ आई बिक्री भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सो स्मार्टफोन नोभेम्बरमा सार्बजनिक भएको बताइएको छ । त्यसबेला देखिनै मोबाइल पारखीहरुकोको ध्यानाकर्षण उक्त मोबाइलप्रति गएको थियाे। सो फोन [&hellip;]</p>

काठमाडौं । चार महिनाको अबधिमा ५० हजार युनिट हुवावेको नोभा २–आई बिकेको छ । नोभेम्बर २०१७ देखियता ४ महिनाको अबधिमा ५० हजार युनिट उक्त हुवावेको नोभा २ आई बिक्री भएको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार सो स्मार्टफोन नोभेम्बरमा सार्बजनिक भएको बताइएको छ । त्यसबेला देखिनै मोबाइल पारखीहरुकोको ध्यानाकर्षण उक्त मोबाइलप्रति गएको थियाे। सो फोन आफ्नो विधाको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको कम्पनीको भनाइ छ । फोन आफ्नो फोटोग्राफी र शानदार फुल भ्यू डिस्प्लेका कारण सबैभन्दा रुचाइएको कम्पनीको बुझाइ छ ।

फोनमा दुवैतर्फ डुवल क्यामराहरु जडान गरिएको छ । ब्लर ब्याकग्राउण्ड तथा उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ फ्ल्यास जडान गरिएको छ । फोनको विशेषताहरुमा ४ वटा क्यामराको साथ स्लीम बेजेल डिस्प्ले, २ वटा १३एमपी/२ एमपीको अगाडि र १६एमपी/२एमपी पछाडिको क्यामरा रहेको छ ।

त्यस्तै ५.९ इन्चको फुल एचडी प्लस डिस्प्ले, मेटल फिनिस बडी, १८ः९ आस्पेक्ट रेसियो डिस्प्लेले जी४ जिबी रोमकासाथ ४ जीबी र्याम, फिङ्गर सेन्सर लगायत फोनका विशेषताहरु छन् ।

 

Share News