काठमाडौं । काठमाडौं ममानगरको नगर कार्यपालिकाको बुधबार बसेको वैठकले विषयगत कामको जिम्मेबारी वाँडफाँड गरेको छ ।

महानगरमा रहेका ११ वटा विषयगत विभागले पुर्णता पाएको हो । ११ वटा विभाग हेर्ने गरी वडाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सबै सदस्य कुनै न कुनै समितिमा पर्ने गरी जिम्मेवारी बाँडेको महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिए ।
जिम्मेबारी प्राप्त समितिहरुमा शुशासन, वित्त, सामाजिक, विधायन, राजस्व, पूर्वाधार, वातावरण, सूचना प्रविधि, विपद् व्यवस्थापन र भवन व्यवस्था समिति रहेका छन् ।
समितिका संयोजकहरुमा क्रमश नवराज पराजुली, शोभा सापकोटा, मुकुन्द रिजाल, हीरालाल तण्डुकार, नविन मानन्धर, दीपक के. सी., विकास डंगोल, ईश्वरमान डंगोल, नीलकाजी शाक्य र चिनियाँमान बज्राचार्य रहेका छन् ।