उन्नति माइक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद जारी गर्ने, आगामी चैत ६ गते बुक क्लोज

<p>काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन २९ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजीको ४ बराबर १ को अनुपातमा सेयर जारी गर्न लागेको हो । संस्थाले प्रतिसेयर १०० रुपैयाँ दरको एक लाख ३७ हजार ५ सेयर कित्ता सेयर [&hellip;]</p>

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन २९ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

संस्थाले चुक्ता पुँजीको ४ बराबर १ को अनुपातमा सेयर जारी गर्न लागेको हो । संस्थाले प्रतिसेयर १०० रुपैयाँ दरको एक लाख ३७ हजार ५ सेयर कित्ता सेयर निष्कासन गर्दै छ ।

हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ६ करोड ८७ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीले एक करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न लागेको हो ।

आगामी चैत २१ गते यस संस्था आफ्नो तेश्रो वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले चैत ६ गते बुक क्लोज गर्दै छ ।

Share News