वैज्ञानिक स्टेफन हकिङसको ७६ वर्षकाे उमेरमा निधन

<p>काठमाडौं । बेलायती वैज्ञानिक स्टेफन हकिङसको निधन भएको छ । ७६ बर्षको उमेरमा हकिङस्को निधन भएको बीबीसीले जनाएको छ । उनी ब्याक होल र रिलेटिभीटी सिद्धान्तका लागि संसारभर प्रख्यात छन् । उनी २२ वर्षको उमेरमै मोटोर न्यूरोनी नमक रोगबाट पीडित भएका थिए । हकिङसको मृत्युबारे उनका छोरा लुसी रोर्बटले &#8216;एउटा ठुला वैज्ञानि उनका महान काम सयौं [&hellip;]</p>

काठमाडौं ।

बेलायती वैज्ञानिक स्टेफन हकिङसको निधन भएको छ । ७६ बर्षको उमेरमा हकिङस्को निधन भएको बीबीसीले जनाएको छ । उनी ब्याक होल र रिलेटिभीटी सिद्धान्तका लागि संसारभर प्रख्यात छन् ।

उनी २२ वर्षको उमेरमै मोटोर न्यूरोनी नमक रोगबाट पीडित भएका थिए । हकिङसको मृत्युबारे उनका छोरा लुसी रोर्बटले ‘एउटा ठुला वैज्ञानि उनका महान काम सयौं वर्ष बाँच्न सक्छ’ भनेका छन् ।

पारिवारिक स्रोतका अनुसार हकिङसको घरमै निधन भएको हो । उनको घर  क्याम्ब्रिज विश्वविद्यालयबाट केहि मात्रै टाढा रहेको छ । उनी सन् १९४२ मा बेलायतको अक्सफोर्डमा जन्मिएका हुन् । उनले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम इन १९८८’ एक करोड प्रति बिक्री भएको थियो ।

उनले बढ्दो प्रदुषणका कारण पृथ्वीको आयु छोटिँदै गएको बताउँदै आएका थिए ।

Share News