
काठमाडौं । गण्डकी विकास बैकको हकप्रद सेयर बिक्री नभएपछि लिलामी हुने भएको छ ।
बैंकको सर्वसाधारण र संस्थापक समूह गरी ३ लाख ५२ हजार ९०१ कित्ता हकप्रद सेयर लिलाम गर्न लागेको हो । सेयर खरिदको बोलपत्र पेश गर्ने अन्तिम दिन चैत ८ गते तोकिएको छ ।
बैंकको संस्थापक तर्फ १ लाख ३० हजार ७१६ र संस्थापकतर्फको २ लाख २२ हजार १८४ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो ।
बैंकले चुक्तपुँजी बढाउन निष्कासन गरेको हकप्रद पुरै बिक्री नभएपछि लिलामीमा राखिएको हो ।