कर्पोरेट फुटसललाई फोर्डको प्रयोजन

<p>काठमाडौं । चैत्र ३ गते संचालन हुन कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताको लागि फोर्डले २ लाख ५० हजारको प्रायोजन गर्न लागेको हो । अटोमोबाइल्स प्रालीका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका ब्यवस्थापक शिसर गर्तौलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा उल्लेख भए अनुसार प्रतियोगिता फोर्ड [&hellip;]</p>

काठमाडौं । चैत्र ३ गते संचालन हुन कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताको लागि फोर्डले २ लाख ५० हजारको प्रायोजन गर्न लागेको हो ।


अटोमोबाइल्स प्रालीका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका ब्यवस्थापक शिसर गर्तौलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा उल्लेख भए अनुसार प्रतियोगिता फोर्ड फुटसलको नामले संचालन हुनेछ । कार्यक्रममा मुख्य प्रायोजक गो अटोमोबाइल्स प्रालीका बजार प्रमुख रेग्मीले खेलकुदको माध्यमबाट कर्पोरेट हाउसबीच आपसी सम्बन्ध बिस्तार गर्ने बताए ।

फोर्ड कर्पोरेट फुटसलमा बैंक,होटल,इन्सुरेन्स कम्पनी,हस्पिटल र रेमिटेन्स कम्पनीका बीच प्रतिस्पर्धा हुने छ । एक दिने फोर्ड कर्पोरेट फुटसल प्रतियोगितामा २० टिमको सहभागिता रहने छ ।

 

Share News