लालबाबु पण्डितको कमाल: तारे होटलले सुरु गर्यो ईआइए

<p>काठमाडौं । जनसंख्या तथा वातारण मन्त्री लालबाबु पण्डितले वातावरण प्रभाव मूल्यांकन (ईआइए) नगर्ने होटलमाथी कारवाहि गर्ने चेतावनी दिएपछि होटलहरुले ईआइए प्रक्रिया सुरु गरेका छन् । &nbsp; ईआइएका लागि काठमाडौं महानगरपालिका वडा नं ३ लाजिपाटस्थीत रहेको होटल सांग्रीलाले सूचना जारी गरेको हो । होटलले ३२ वर्ष अघि नै गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङकन अहिले गर्न लागेको हो [&hellip;]</p>

काठमाडौं । जनसंख्या तथा वातारण मन्त्री लालबाबु पण्डितले वातावरण प्रभाव मूल्यांकन (ईआइए) नगर्ने होटलमाथी कारवाहि गर्ने चेतावनी दिएपछि होटलहरुले ईआइए प्रक्रिया सुरु गरेका छन् ।

 

ईआइएका लागि काठमाडौं महानगरपालिका वडा नं ३ लाजिपाटस्थीत रहेको होटल सांग्रीलाले सूचना जारी गरेको हो ।

होटलले ३२ वर्ष अघि नै गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङकन अहिले गर्न लागेको हो । होटलका अनुसार वातावरण संरक्षण नियामावली २०५४ बमोजिम सो प्रस्तावको कार्यन्वयनबाट जैविक, भौतिक, सांकसतिक वातावरणबिचको अन्तरसम्बन्ध र प्रभाव विश्लेसण गर्न लागिएको हो ।

चैत १४ गतेसम्म सम्बन्धित कार्यालयमा आइपुग्ने गरी लिखित राय तथा सुझाव दिन सरोकारवाला व्यक्ति तथा संघ संस्थालाई होटलले आग्रह गरेको छ । नेपालम ३२ वर्षअघि देखि सुरु भएको होटल साांग्रिला ५ तारे स्ट्यान्डरको होटल हो । यस होटल १६९ बेड क्षमताको रहेको छ ।

Share News