काठमाडौं । तपाइ नयाँ घर किन्दै हुनुहुन्छ ? जग्गा किनेर घर बनाउने सोच बनाउनु भएको छ ? अब ग्रीनहिल सिटी प्राइभेट लिमिटेडले तपाईको सपना पुरा गर्नेछ ।

कम्पनीले राजधानीमा ९० लाखमा घडेरी र २ करोडमा घर दिने योजना ल्याएको छ । ग्रीनहिलले ५ औ फेज राजधानीको मुलपानीमा ल्याएको छ । जग्गा खरिद गरेर आफैले घर बनाउन पनि सकिने र निर्माण भएको भवन पनि खरिद गर्न सकिने ग्रीनहिल सिटीले जनाएको छ ।
कित्ता काट भइसकेको, ३४० रोपनीमा ८ सय घर, २५० बसोबास गरिरहेको र तुरुन्त लालापुर्जा पाइने ग्रीनहिलले जनाएको छ । गौशला र मित्रपार्कबाट १० मिनेटको दुरीमा रहेको छ । ग्रीनहिलले बालकोटमा रोजभिलेज, इमाडोल र धुम्बराहीमा आवास योजना बनाई वितरण गरिसकेको छ ।