पोखरा फाइनान्सकाे थप दुई शाखा भैरहवा र बेसीशहरमा

<p>काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा भैरहवा र बेसीशहरमा सञ्चालनमा ल्याएको छ । फाइनान्सले यही सोमबारदेखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११औं शाखा भैरहवा र १२औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो । उक्त भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि­आश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा भैरहवा र बेसीशहरमा सञ्चालनमा ल्याएको छ । फाइनान्सले यही सोमबारदेखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११औं शाखा भैरहवा र १२औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो ।

उक्त भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि­आश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।

हाल यस संस्थाको चुक्ता पृ्ँजी ६५ करोड ५७ रुपैयाँ रहेको छ । संस्थाले २०७४ पौष मसान्तसम्ममा निक्षेप ३ अर्ब ९४ करोड रुपैयाँ तथा कर्जा लगानी ३ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ ।

Share News