काठमाडौं । सामसङले नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी एस९ तथा एस९प्लस बजारमा प्रस्तुत गर्ने भएको छ । एस९ र एस९प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ ।

कम्पनीका अनुसार यसमा संशोधित गरिएको डियूलअपर्चोयर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधातथा पर्सनलाईज्ड ए आर इमोजीस तथाडल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्दछ ।
सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले मोबाइल फोनबाट स्व–अभिव्यक्ति एवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको बताएका छन् । यो स्मार्ट फोनमा सहज रुपमा आवद्धहुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको प्रमुख स्थापितले बताएका छन् ।
क्यामरा
ग्यालेक्सी एस९ तथा एस९प्लसमा सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्गपावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटोशेयर गर्न सकिने कम्पनीले जनाएको छ ।
सुपर स्लो–मोको साथ कुनैपनि क्षणलाई बनाउन सकिन्छ विशेषः
यस २ फोनमा हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसलेप्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ । यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधापनि रहेको छ, जसलेमुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्डगर्न थाल्दछ । यसमाभएको ३५ विभिन्नअप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ । साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन् । फोनमा भएको सुविधा प्रयोग गरी एक क्लिकका भरमा जिफ फाइलसजिलै बनाई शेयर गर्नपनि सकिने कम्पनीको भनाई छ ।
लो–लाईट क्यामराः
एस९ तथा एस९प्लस मोबाइलमा डियूलअपर्चोयर(एफ१.५/एफ२.४) भएको हुँदा ज्यादा उज्यालोको अवस्थामा या न्यून उज्यालोको अवस्थामा पनि स्वतः सफा एवं चुस्त फोटो खिच्न सकिन्छ ।
ए आर इमोजीः
समासङमा भएको यो सुविधाबाट प्रयोग कर्ताहरुलेआफु जस्तै इमोजी तयार गर्न सक्छन् भने त्यसमा सोहीअनुसार साउन्ड अनुकरण गरी राख्न पनि सकिन्छ । यसमा डाटा बेसड मेसिन लर्निङ अल्गोरिदम प्रयोग गरिएको हुन्छ । जसले प्रयोग कर्ताको टुडी तस्वीरलाई १०० भन्दा ज्यादा फेसियल फिचरहरुको मध्यमबाट थ्रीडी मोडेलमा बदल्न सक्नेछन् । यस्तो इमोजीलाई शेयर गर्न, भिडियो बनाउन, विभिन्न स्टिकरको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।
बिक्सबीः
सामसङको इन्टलिजेन्स प्लाटफर्म बिक्सबीको माध्यमबाट प्रयोगकर्ताले सहजै रुपमाआफ्नो वरिपरिभएका विभिन्नजानकारी प्राप्तगर्न सक्नेछन् । रियल टाइम अब्जेक्ट डिटेक्शन तथा रिकग्निसनको साथविक्सबीले तुरुन्तै तस्वीरको जानकारी दिन्छ । यूजर लाइभ ट्रान्सलेसनको माध्यमबाट विभिन्न भाषाको तथा विदेशी विनिमयदरको जानकारी पनि उपलब्ध गराउँछ ।
मनोरञ्जनले भरिपूर्णः
मनोरञ्जनको लागि स्मार्टफोनको नै प्रयोग गरिन्छ, त्यसैले सामसङले अडियो तथा भिजुअल अनुभव प्रदान गर्न यस्ता उपकरणहरुको निर्माण गर्दै आएको छ । एकेजीयुक्त स्टेरियो स्पीकरको साथग्राहकले क्लियर साउन्डको अनुभव गर्न सक्नेछन् । यस फिचरको साथ प्रयोगकर्ताले आफू खुशी फिल्म हेर्न तथा आफूलाई मनपर्ने कलाकारको नवीनतम एल्बम सुन्न सक्नेछन् । यसमा डल्बी वातावरण विद्यमान रहेको छ, जसबाट प्रयोगकर्तालाई ३६० डिग्रीमा एउटा थिएटरको जीवन्त अनुभव प्राप्त हुने छ ।

सामसङको ग्यालेक्सी एस९ तथा एस९प्लसमा अडियोको जीवन्त अनुभव प्राप्त हुने छ । यसमा ब्राइट सुपर एमोएलईडी इन्फिनिटी डिस्प्ले रहेको छ जसलेगर्दा जस्तोसुकै अवस्थामा पनि डिस्प्लेको गुणस्तरीयता यथावत् रहन्छ ।
व्यक्तिगत जीवन शैलीको लागि उपयुक्त :
यो स्मार्टफोनमा स्मार्टथिङ्स एप्स, प्रयोग गरी घरमा, अफिसमा वा अन्यत्र कतै जाँदा जीवन शैलीलाई अझ सहज बनाउन मद्दत गर्दछ । स्मार्टथिङ्स एप्स सामसङको एस९ तथा एस९प्लसमा उपलब्ध रहेको छ, जसकोप्रयोग गरी अन्य सामसङ वा सामसङ बाहेकका उपकरणहरुसँग आवद्ध हुन सक्दछ ।
नयाँ जमानाको सामसङ डीएक्सले गर्दा मोबाइल सेट ठूलो तथा फुल स्क्रिनको अनुभव प्रदान गर्दछ । यस फोनलाई मनिटर किवर्ड र माउस, जस्ता उपकरणहरु यसमा आबद्ध गरी सहज रुपमा डकुमेन्टहरुलाई सम्पादनगर्न वा गेम खेल्न पनि सकिने छ । साथै यस फोनका प्रयोगकर्ताहरुले डीएक्सप्याडलाई टच प्याडमा बदल्न पनि सकिने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी फाउन्डेशको साथ उच्च गुणस्तरीयता
सामसङ आईपी६८ पानी तथा धूलो प्रतिरोधीएवं वायरलेस चार्जिङ्गको साथ स्मार्टफोनको लागि गुणस्तरीयता निर्धारण गरिएको छ । यस फोनमा माइक्रो एसडी कार्डको प्रयोग गरी ४०० जिबि सम्म मेमोरि बढाउन सकिन्छ ।
साथै फोनमा सामसङको नवीनतम सुरक्षा प्लेटफर्म नक्स ३.१ द्वारा सुसज्जित गरिएको छ । बायोमेट्रिक अथेन्टिकेसन अप्सन आइरिस, फिङ्गर प्रिन्ट तथा फेशियल रिकग्निशन जस्ता सुरक्षा संयन्त्र राखिएको छ । यसमा छुट्टा छुट्टै फिङ्गर प्रिन्टको सुरक्षाद्वारा फोल्डरहरुलाई सुक्षित गर्न सकिने छ ।
यो फोनमा विशेष कारको अप्टिकल सेन्सरको प्रयोगले प्रयोगकर्ताको स्वास्थ्य अवस्थालाई सही तरिकाबाट पहिचान पनि गर्न सक्दछ । यसले प्रयोगकर्ताको हर्ट लोड फ्याक्टरलाई मापन गर्न सक्दछ ।
मूल्य तथा उपलब्धता
ग्राहकले ग्यालेक्सी एस९ तथा एस९प्लस फोन ५ हजार रुपैयाँको तुरुन्त क्याश व्याक सहित क्रमशः ९२ हजार ९०० रुपैयाँ तथा नेरु १ लाख ४ हजार ९०० रुपैयाँ तोकिएको छ । क्यास व्याक पछि एस९को मूल्य ८७ हजार ९०० रुपैयाँ तथा एस९प्लसको मूल्य ९९ हजार ९०० रुपैयाँ हुन आउने कम्पनीले जनाएको छ । यी दुबै सेटको प्रि–बुकिङ्ग यही फागुन २८ गते देखि कम्पनीको वेभसाइटमा गई गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।
यी दुई स्मार्टफोनहरु आगामी चैत ९ गतेबाट नेपालमा उपलब्ध हुने छन् । एस९प्लस विभिन्न ३ वटा आकर्षक रंग एस९प्लस मिडनाइट व्ल्याक, कोरल ब्लु तथा न्यू ह्यु, लाइलक् पर्पलमा उपलब्ध हुने छ भने एस९ मिडनाइट व्ल्याकमा उपलब्ध हुने छ । यी सेट नेपाल अधिराज्यका आधिकारिक आउटलेटहरुमा प्राप्त गर्न सकिने छ ।
साथै ग्राहकले प्रतिहप्ता १००० एमबिका साथ १२ हप्तासम्म कूल १२००० एमबिको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्न सक्नेछन् भने शिखर इन्सुरेन्सको मार्फत् एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बीमा दावी गर्न सकिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त प्रि बुकिङ्ग गर्ने ग्राहकहरुले वायरलेस चार्जर वा ५००० हजार रुपैयाँ बराबरको डिस्काउन्ट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एक्सोसरिज वा सामसङको स्मार्ट फोन खरिदमा डिस्काउन्ट लिन सक्नेछन् ।
साथै टर्किस एयर, के.जि.एच होटल तथा रुट्स फेसनसँग सहकार्य गरी विशेष छुटको व्यास्था पनि मिलाएको छ । सामसङले प्रि–बुकिङ्गमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा समावेश पनि गर्ने छ र प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवाभएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दोस्रो भाग्यशाली बिजेताका दम्पतिलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा २ रात वस्ने व्यवस्था मिलाएको छ भने २ जना तेस्रो भाग्यशाली बिजेताहरुलाई सामसङको फीट२ प्रो प्रदान गर्ने छ ।