अपडेटः विमान दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइतेको अस्पतालमा उपचार हुदै

<p>काठमाडौं । बंगलादेशबाट काठमाडौलाई उडान भरेको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अपराहन्न २ बजेर २० मिनेट जादा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको थियो । दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । कुल ७१ जना सवार यात्रु मध्ये २१ जना [&hellip;]</p>

काठमाडौं । बंगलादेशबाट काठमाडौलाई उडान भरेको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अपराहन्न २ बजेर २० मिनेट जादा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । कुल ७१ जना सवार यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको उनले बताए । यस्तै एक जना वेपत्ता भएका छन् ।

दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा रहेका छन् ।

Share News