
काठमाडौं । बंगलादेशको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
राजधानी ढाकाबाट अपराहन्न साढे २ बजे काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुदा यात्रुको मृत्यु भएको हो ।
४६ जना यात्रुको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । उनकाअनुसार मृतकको संख्या बढ्नसक्ने देखिएको छ ।
दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।