काठमाडौं । लक्ष्मी बैंकले पाल्पाको तिनाउँ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो जिल्लामा बैंकको दोश्रो शाखा हो ।
यस शाखा सहित बैंकको शाखा संख्या ७८ पुगेको छ । साथै बैंकको ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।
आ.व. २०७३/७४मा बैंकले ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको थियो । सोहि आवमा बैंकले १०० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो ।
आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।