सिन्धु विकास बैंक अब दोलखाको सिङ्गटी र सिन्धुपाल्चोकको सिलढुङ्गामा

<p>काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले दोलखा जिल्लाको सिङ्गटी बजारमा र सिन्धुपाल्चोक जिल्लाको सिलढुङ्गामा थप दुई शाखा विस्तार गरेको छ । दोलखा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र बिगु गाउँपालीकाका अध्यक्ष युधिष्ठीर खडकाले सिङ्गटी शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यस्तै, सिलढुङ्गा शाखाको उद्घाटन सिमिति बैंकिङ्ग कार्यालय लिसंखुपाखर गाउँपालीकाका अध्यक्ष कमलप्रसाद नेपालले [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले दोलखा जिल्लाको सिङ्गटी बजारमा र सिन्धुपाल्चोक जिल्लाको सिलढुङ्गामा थप दुई शाखा विस्तार गरेको छ ।

दोलखा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र बिगु गाउँपालीकाका अध्यक्ष युधिष्ठीर खडकाले सिङ्गटी शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यस्तै, सिलढुङ्गा शाखाको उद्घाटन सिमिति बैंकिङ्ग कार्यालय लिसंखुपाखर गाउँपालीकाका अध्यक्ष कमलप्रसाद नेपालले गरेका हुन् ।

बैंकले निकट भविष्यमा नै सिन्धुपाल्चोकको विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमिति बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।
यस दुई शाखा सहित बैंकले १४ वटा शाखाबाट आफ्नो सम्पूर्ण बैंकिङ सेवा दिइरहेको छ ।

 

Share News