काठमाडौं । बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएसबंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ ।विमान अवतरण गर्ने क्रममा सोमबार दिउसो २ बजेर २० मिनेट जादा दुर्घटना भएको हो ।

विमानस्थल वरिपरि धुवाँ देखिएको छ । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हो।
ढाकाबाट आएको ड्यास–८ विमान अवतरणको क्रममा रनवे बाहिर पुगेको थियो ।
विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्निएको थियो । त्रिभुवन विमानस्थलका प्रमुख देवानन्द उपाध्यायले युएस बंगला एयरको विमान दुर्घटना भएको बताए । उनले उद्धार कार्य जारी रहेकाले कति क्षति भयो भन्नेबारे चाँही जानकारी नआएको बताए ।

विमानबाट १४ जना यात्रुको सकुशल उद्धार गरी अस्पतालमा पठाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । उद्धार कार्य जारी छ । अहिले विमानस्थल बन्द गरिएको छ । दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।