
ज्योतिषी वास्तुशास्त्री नारायणप्रसाद दुलाल
कुनै पनि घर, कार्यालय, कलकारखाना, वासस्थान, व्यापारिक प्रतिष्ठान या अन्य भौतिक वस्तु एवं पर्यावरणमा पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशबीचको ऊर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई सन्तुलनमा राख्ने विज्ञान नै वास्तु विज्ञान हो । पूर्वीय वास्तुशास्त्र अनुसार पृथ्वीमा भूमिदेव वास्तु पुरुष हुनुहुन्छ भन्ने मान्यता विद्यमानलाई नकार्न सकिदैन, भूमिमा निर्माण गरिने घर, महल, व्यापारिक प्रतिष्ठान, कार्यालय, कलकारखाना आदि कहाँ बनाउने ? कस्तो बनाउने ? कसरि बनाउने? पञ्चतत्त्वको समन्वय कसरि गर्ने ? आदि जिज्ञासालाई प्रभावकारी ढंगबाट समाधान गर्ने शास्त्र वास्तुशास्त्र हो अतः वास्तु वस्तुको अनुकुलता हेर्ने शास्त्र हो ।
आधुनिक वैज्ञानिक युगमा गृह निर्माणमा वास्तुशास्त्रको महत्वपूर्ण स्थान छ, वास्तुको वैज्ञानिक आधार भनेको प्रकृति, वातावरणमा रहने पञ्चतत्त्व, पृथ्वीको चुम्बकीय तरङ्ग एवं गुरुत्वाकर्षण शक्ति मात्र नभएर हाम्रो शरीरमा रहने चुम्बकीय ध्रुव, ऊर्जा,शक्ति, सतह, उचाइ, ज्यामितीय आकार, चुम्बकीय दिशा, भौगोलिक दिशा, सौर्य ऊर्जा आदि हुन् । पञ्चतत्त्वहरुको सहि सम्मिश्रणले ‘बायो-इलेक्ट्रिक मैग्नेटिक एनर्जी’ उत्पत्ति हुन्छ, जसाले गर्दा मनुष्यलाई सकारात्मक उर्जाका साथै मानशिक शान्ति, उत्तम स्वास्थ्य, धन, ऐश्वर्य, समृद्धि एवम् भौतिक सुख मिल्दछ, वास्तुशास्त्र एउटा व्यावहारिक शास्त्र भएकाले प्राचिन कालीन ऋषि-मुनिहरुले आत्मासात गर्दै धार्मिक दृष्टिले पनि हेरेको पाइन्छ ।
हाम्रो नेपाली समाजमा आफ्नो सुन्दर घर निर्माण गर्नु महत्त्वपूर्ण उपलब्धि मानिन्छ किनभने गृह निर्माण धेरै वर्षको मेहनत एवं पौरखबाट मात्र सम्भव हुन्छ । गृह निर्माणको सपना धेरैका हुन्छन् कतिपय पूरा हुन्छन् त कतिपय चाहदाँ चाहदै पनि अधुरै रहन्छन् । यस्तै अधुरै रहने कारणहरु मध्ये वास्तुको मिलान पनि एक हो । निर्माण हुन लागेका वा भैसकेका घर एवम् व्यापारिक प्रतिष्ठान वास्तु अनुकुल हुन सकेन भने पीडादायी हुन सक्छ । मेहनत एवं पौरखबाट गरेको कार्य नै गलत भए पश्चातापबाहेक अरू केही हुँदैन ।
वास्तुशास्त्रको तिरस्कार गरेर रुढीवादी परम्परा मान्ने कतिपय मानिसहरु जे-जस्तो भएपनि घर महल भए पुग्यो भन्ने सोचाईका कारण उनीहरु सदा-सर्बदा दुःख, चिन्ता, हैरानी, ग्लानी एवम् मानसिक द्धन्दबाट जीवनयापन गर्न बाध्य छन् त्यसैले वास्तुअनुरूप घर बनाउनु महत्वपूर्ण हुन्छ । घरको जग खन्नेदेखि झ्यालढोका राख्ने, शौचालय, पाठशाला, सयनकक्ष, रंग, आकार एवं आन्तरिक सजावटसम्म वास्तुअनुसार मिलाएर वस्तु स्थापना गर्नुपर्दछ, घर-परिवारमा सुख प्रदान गर्ने, धर्म, अर्थ काम र मोक्षको सिद्धिका साथै अन्यजीवजन्तुलाई पनि सुख प्राप्त हुने थलो भनेकै घर हो । आजको गृहविज्ञानले पनि घर व्यक्ति अनुकूलको हुनु पर्छ भन्ने कुरामा जोड दिन्छ । वास्तुशास्त्रअनुसार घर निर्माण गर्दा खुला ठाउँ, किचेन, बेडरूम, पानी ट्याङ्की, शौचालय, शयनकक्ष, बालबालिकाको शयनकक्ष, अध्ययनकक्ष, भर्याङ्ग, बैठक कोठा लगायत सम्पूर्ण संरचनाका स्थूल र सूक्ष्म पक्षमा ध्यान दिन आवश्यक छ ।
पञ्चभूतका साथै स्तुशास्त्रमा दिशा पनि एकदमै महत्वपूर्ण तथा आधारभूत कुरा हो। घरएवं व्यापारिक प्रतिष्ठान अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने वा स्थापना गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, जो हरेकलाई यस्को बारेमा ज्ञान हुनुपर्ने प्रमुख कारण हो र यी सामान्य विषयमा सचेत रहन सकियो भने मात्र वास्तुशास्त्र अनुसारको घर निर्माण हुन्छ । वास्तुशास्त्रमा आवासीय भवन निर्माण गर्दा८ दिशा र त्यसका विशेषताहरू यसप्रकार छन्ः

१. पूर्व
घरको मूल द्धार र बस्ने कोठापूर्व दिशातर्फ हुनुपर्दछ।
पूजा-आजा गर्ने कोठापुर्व वा पूर्वोत्तर दिशातर्फ हुनुपर्दछ।
विद्यार्थीका लागि पूर्वी कोठा राम्रो मानिन्छ ।
विद्यार्थीहरूले पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ ।
भान्छामा पूर्वाभिमुख भएर खाना बनाउनु पर्दछ ।
धन-सम्पत्तीको दराज, लकर, बाकसआदिको मूख पूर्व दिशातर्फ खुल्नेगरी राख्नुपर्छ।
चर्पी कहिल्यै पनि पूर्व दिशामा फर्किएको हुनुहुँदैन ।
२. दक्षिण-पूर्व (आग्नेय)
भान्छा कोठालाई यो दिशातर्फ राख्नु सबैभन्दा उत्तम हुन्छ।
भान्सा कोठाको पूर्व दिशामा झ्याल राख्नु लाभप्रद मानिन्छ ।
भान्सा कोठाको रंग पहेंलो, सुन्तला, चकलेटी वा रातो हुनुपर्छ ।
विद्युतीय सामग्रीहरूलाई यसै दिशातर्फ राख्नु राम्रो मानिन्छ जस्तैः टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण-पूर्वी कोठामा राख्नु उत्तम हुन्छ।
गाडीको पार्किङ स्थल यस कोणमा राख्न सकिन्छ ।
चर्पी तथा पानी ट्याङ्की यस दिशामा राख्नु हुँदैन ।
३. दक्षिण
घरको अन्य दिशाका भागहरूलाई भन्दा दक्षिण भागलाई अग्लो बनाउनुपर्दछ ।
घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ ।
सामान्य शयन कक्ष यस दिशामा राख्न सकिन्छ ।
शौचालय दक्षिण दिशामा उपयुक्त मनिन्छ ।
शौचालय दक्षिण वा उत्तर फर्केको हुनुपर्दछ ।
भान्छाकक्ष तथा भोजनकक्ष दक्षिण दिशामा राख्नु हुँदैन ।
४. दक्षिण(पश्चिम (नैऋत्य)
यो दिशामा शौचालय वा सेफ्टी टंकी राख्नु उपयुक्त हुन्छ ।
भण्डारण कोठाको लागी पनि श्रेठ ठाउँ यहिनै हो ।
शयनकक्ष यस दिशामाराम्रो मानिन्छ ।
घरका अग्रजहरूको कोठा पश्चिम(दक्षिणतर्फ बनाउनुपर्छ ।
भगवानको पूजाकक्ष यस दिशामा नराख्नुहोला ।
घरको दक्षिण-पश्चिम दिशाको कोठालाई भाडामा दिनु उत्तम हुन्छ ।
५. पश्चिम
पानीको ट्यांकी पश्चिम दिशामा राख्नु उपयुक्त मनिन्छ ।
शौचालयरवाथरुमपश्चिम दिशामा उपयुक्त मनिन्छ ।
पश्चिम दिशामा फोहोर संकन गर्ने स्थान बनाउन सकिन्छ ।
यस दिशामा भर्याङ अथवा द्वार पनि राख्नु उचित हुन्छ ।
भोजन कक्षलाई यो दिशामा बनाउन सकिन्छ ।
गोबरग्याँस लाई पश्चिमपट्टी राख्नु उत्तम हुन्छ।
६. पश्चिम-उत्तर(व्याव्य)
यस दिशामा बैठक कोठा बनाउनु उचित हुन्छ ।
मनोरञ्जनक उपकरणहरु राख्नु उत्तम हुन्छ।
शयन कक्षपनियस दिशामा राख्न सकिन्छ, पाहुनाका लागि बनाइने स्थान पश्चिम-उत्तर वा त्यसको आसपास हुनुपर्छ।
यस दिशामा मोटर गाडीको ग्यारेज बनाउनु उचित हुन्छ, यसैगरी फलफूलहरू पश्चिमी भागमा लगाउनु राम्रो मनिन्छ ।
गाईको गोठ पश्चिम-उत्तरको कोणमा शुभ हुन्छ ।
नवविवाहित दम्पत्तीको कोठा उत्तर-पश्चिम दिशामा नबसेको राम्रो हुन्छ ।
७.उत्तर
अाठै दिशाहरूमध्ये याे दिशालाई धार्मिक दृष्टिले पनि पवित्र मानिन्छ।
उत्तरमा इनाररपानीटंकी राख्न सकिन्छ ।
सफलताको लागि कार्यालयकक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु राम्रो हुन्छ ।
घरको आँगन अथवा खुल्ला ठाउँ उत्तर तर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ ।
उत्तरमानै मनोरञ्जन गर्ने हल बनाउनु राम्रो हुन्छ, भान्छा, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्नु हुदैन ।
सुत्दा पनि उत्तरतर्फ शिर गरेर कदापि सुत्नु हुदैन ।
८. उत्तर-पूर्व (ईशान)
आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ, उत्तर-पूर्व दिशालाई भगवानको दिशा मानिन्छ।
पूजा गर्ने कोठा यो दिशामा राख्नु सबैभन्दा फलदायी हुन्छ।विद्यार्थीको लागि यो कोण अत्यान्य शुभ मानिन्छ।
विद्यार्थीले पूर्व–उत्तर फर्केर पढ्नु उपयुक्त हुन्छ ।
यो दिशाको सहि सदुपयोगले मनुस्यको जीवनमा सुख, शान्ति र संवृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ ।
घरको उत्तर-पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ।
घरको उत्तर-पूर्व दिशामा खुल्ला ठाउँ या गार्डेन बनाउनु सबैभन्दा उत्तम हुन्छ।
अध्यनकक्ष पूर्व ईशान कोणको विचमा उपयुक्त हुन्छ ।
ईशानकोणमा ईनार वा भूमिगत पानीटंकीबनाउनु शुभ मानिन्छ ।
भान्छा तथा चर्पी ईशानकोणमा कहिले पनि बनाउनु हुदैन ।
अन्य कुनामापनि चर्पीरबाथरूम बनाउनु हुदैन ।
यसका अतिरिक्तः
घरको सामुन्ने दुधालु वृक्ष लगाउनु हुँदैन ।
काँडावाला रूख पनि घरको सामुन्ने लगाउनु हुदैन ।
घरको उचाइ भन्दा अग्ला रुखले पनि हानि गर्छ ।
घरको उचाइ दक्षिण-पश्चिमबाट घटाएर पूर्व–उत्तरमा कम हुनुपर्छ ।बिमको ठीक तल बस्नु एवं सुत्नुहुँदैन ।
पूर्व पट्टि पिपलको रूख हुनु हुदैन ।
घरको अधिकांश ढोका र झ्याल उत्तर-पूर्वी दिशामा खुल्नुपर्छ ।
घरको सिढी दक्षिणवर्ती घुमेको हुनुपर्दछ ।
घरको सिढीको संयख विषम अर्थात् २१, २३, २५ आदि हुनुपर्छ ।
भर्यासङमुनि पूजा कोठा तथा शौचालय बनाउनुहुँदैन ।
युद्ध, अपराध तथा हत्या–हिंसाका तस्बिर टाँस्नु हुँदैन ।
घरको अगाडी तुलसीको बोट लगाउनु शुभ हुन्छ ।
घरको भित्ता दक्षिण-पश्चिममा बढी बाक्लो हुनु तथा उत्तर-पूर्वको भित्ता सानो वा पातलो हुनु राम्रो हो ।
भूमिको पूजा घर बनाउनुअघि नै गर्नुपर्छ र यसका साथै घर निर्माण गर्नुभन्दा पहिले या बनिसकेको भवनमा वास्तुशास्त्रीको सल्लाह लिएर उचित कार्य गर्न सकिन्छ ।
घर मानव जीवनको अपरिहार्य एवम् महत्वपूर्ण आश्रय स्थल हो । मानवका आधारभूत वस्तुहरू गाँस, वास र कपासमध्ये वासस्थान एक हो । घर वस्नेहरूका लागि सुख शान्ति प्रदान गर्ने हुनु आवश्यक हुन्छ भने व्यापारिक प्रतिष्ठान बाट सफलता हात पर्नु महत्वपूर्ण हुन्छ त्येसैले धेरै धन खर्च गरेर मात्र घर राम्रो हुँदैन । घरमा वा व्यापारिक प्रतिष्ठानमा आवश्यक पर्ने विषयवस्तुको उचित मिलान हुन सकेन भने त्यही घर वा व्यापारिक प्रतिष्ठान अशान्ति र नोक्सानीको कारक बन्न सक्छ । त्यसैले जीवनलाई सुन्दर, सफल, अनुकुलका साथै सार्थक बनाउन वास्तु शास्त्रको सहि उपयोगले आफ्नो अनुकुलको घर निर्माण र व्यवस्थापन गर्नु अत्यावश्यक देखिन्छ ।