
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा चैत ४ गते हुने भएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
संस्थाले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १० करोड रुपैया बराबरको बोनस सेयर र १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।
यस्तै संस्थाको चुक्तापुँजी बढाउने प्रस्ताव पनि पारित हुने छ ।