साना किसान बैंक १७ करोड नाफामा

<p>काठमाडौँ । साना किसान विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा १७ करोड १६ लाख नाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । [&hellip;]</p>

काठमाडौँ । साना किसान विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा १७ करोड १६ लाख नाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति १७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । रासस

Share News