अब सहकारी संस्थाले पनि कम्पनी खोल्न पाउने, एेन संशाेधन हुदै

<p>काठमाडौं । सरकारले सहकारी संस्थालाई पनि कम्पनी खोल्न दिने भएको छ । कम्पनी खोल्न दिनका लागि सरकारले सहकारी ऐनलाई संशोधन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थालाई कम्पनी खोलेर उत्पादन विदेश निकासी गर्न दिने बताएका छन् । सहकारी ऐनलाई संशोधन गरेर वस्तु उत्पादनका लागि कम्पनी खोल्न र निकासीका लागि वातावरण बनाउने जानकारी [&hellip;]</p>

काठमाडौं । सरकारले सहकारी संस्थालाई पनि कम्पनी खोल्न दिने भएको छ । कम्पनी खोल्न दिनका लागि सरकारले सहकारी ऐनलाई संशोधन गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थालाई कम्पनी खोलेर उत्पादन विदेश निकासी गर्न दिने बताएका छन् ।
सहकारी ऐनलाई संशोधन गरेर वस्तु उत्पादनका लागि कम्पनी खोल्न र निकासीका लागि वातावरण बनाउने जानकारी दिएका हुन् ।

साना किसान विकास बैंकको १७ औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सहकारीलाई पनि उत्पादनमा लगाएर विदेशमा वस्तु निकासी गर्नका लागि वातावरण बनाउने स्पष्ट पारेका हुन् ।

अघिल्लो व्यवस्थापिका संसदले पारित गरेको ऐनले सहकारीलाई कम्पनी खोल्न दिनका लागि वन्देज लगाएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्न सामुदायीक उत्पादन आवश्यक भएको बताउदै उनले यसका लागि सहकारी संस्थाले कम्पनी खोल्न पाउनुपर्ने बताएका हुन् ।

“उत्पादनलाई निर्यातसंग जोड्नु पर्छ र निर्यातका लागि कम्पनी खोल्नुपर्छ” उनले भने “यसका लागि सहकारी ऐन संशोधन हुनुपर्छ । ऐन संशोधनको प्रक्रिया छिट्टै सुरु हुनेछ ।”

आफु पनि साना किसानको छोरा भएकाले समस्या निजिकबाट बुझेको बताउदै वर्तमान सरकारले किसानको हितमा काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले पहिला उत्पादनमा आत्मनिर्भर बनाइ निकासी गर्ने जानकारी दिए । हाल सहकारी संस्थाले वचत तथा ऋण, दुग्ध, तरकारीलगायतका व्यापार गर्दै आएका छन् ।

Share News