हिमालय एअरलाइन्सले मनायो तेस्रो वार्षिकोत्सव

<p>काठमाडौं । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्स (एच९) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । एअरलाइन्सले नेपालीहरुलाई अरु देशहरुसँग जोडेको सन्दर्भमा गत मार्च ९,२०१८(अर्थात फागुन २५ गते)मा आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेकोे हो । विगतका दुई वर्ष हिमालय एअरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरु सहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने बर्षका रुपमा रहेका छन् [&hellip;]</p>

काठमाडौं । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्स (एच९) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । एअरलाइन्सले नेपालीहरुलाई अरु देशहरुसँग जोडेको सन्दर्भमा गत मार्च ९,२०१८(अर्थात फागुन २५ गते)मा आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेकोे हो ।

विगतका दुई वर्ष हिमालय एअरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरु सहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने बर्षका रुपमा रहेका छन् । अहिले हिमालय एअरलाइन्ससँग तीनवटा ए३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका छन् र दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०१७मा दक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सम्मानित हुन सफल भएको छ ।

यो उत्सवलाई मनाउने क्रममा मार्च ९, २०१८ मा यस एअरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवातसहित दर्शक सहभागिता कार्यक्रमको घोषणा गरिएका छ, जुन फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा जारी रहने कम्पनीले जनाएको छ । सहभागीहरुलाई एअरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमा क्लिक गरी हिमालय एअरलाइन्सको कुनै पनिगन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान/आग्रह गरिएको छ । प्रतियोगिता मार्च १९,२०१८(अर्थात चैत ५ गते)सम्म मात्र रहने छ ।
त्यसैगरी, हिमालय एअरलाइन्समा सोही दिन दोहा, दुबई र क्वालालम्पुरका लागि यात्रा गर्ने सम्पूर्ण यात्रुहरुसँग पनि जहाज भित्रै रेड भेल्भेटकपकेक वितरण गरेको थियो ।

हिमालय एअरलाइन्स व्यवस्थापनले सुरक्षालाई प्रमुख उत्तरदायित्व तथा आफ्ना कर्मचारीहरूको हौसला बढाउने तत्वको रुपमा पहिचान गरेको छ, त्यसैले हामीे संस्थाको प्रभावकारी सुरक्षा अभ्यासका लागि उपयुक्त स्रोत–साधन उपलब्ध गराउन पूर्णरुपले प्रतिबद्घ छौँ । विश्वव्यापी सुरक्षा मापदण्डहरूको अवलम्बन गर्ने तथा त्यसलाई कायम राख्ने हाम्रो यस सत्प्रयासलाई आइकाओ, जिएसिए, सिएएसी रसिएएबी जस्ता विभिन्ननागरिक उड्डयन संस्थाले पनिसन् २०१७ मागरिएका अडिटहरुकाक्रममा अनुमोदन गरिसकेको छ ।

आइकाओले सन् २०१३ मा उठाएका महत्वपूर्ण सुरक्षा चासोलाई मध्यनजर गर्दै नेपालमा नागरिक उड्डयन प्राधिकरणद्वारा नेपालमा कायम गरिएको उड्डयन सुरक्षा मापदण्डको नमुना सुनिश्चितताका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आइसीभिएम अडिटको निरन्तरताका क्रममा नेपालका केही वायुसेवाहरू मध्येबाट यस वायुुसेवालाई छानेको थियो ।

Share News