काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नगर्ने र हुन पनि नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने–‘म प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री बनेको होइन, देश बनाउने आएको हुँ । भ्रष्टचार गर्दिन र हुन पनि दिन्न ।’
संसदमा विश्वासको मत माग्दै ओलीले यस्तो भने
सरकार दम्भि बन्दैन्, प्रतिपक्ष सहयोगी बनोस । सरकार र प्रतिपक्षी भनेर बस्ने सुबिधा छैन् । देशविकासको अभियान सत्तापक्षको मात्रै होइन् । सबैको साझा अभियान हो । विकास र समृद्धिको नेतृत्वले सत्ता पक्षले गर्ला । प्रधानमन्त्री भएकाले मैले गरौंला । तर प्रतिपक्षी पनि यसको महत्वपुर्ण हिस्सा हो ।
बोक्सी र धामी झाक्री मान्ने हामी कहाँ छौं ? देश कहाँ छ ? समाज किन हेरिबसेको छ ? हाम्रो चेतना कहाँ छ ? आठ बर्षको बालिका बलत्कृत भएर हस्पिटलमा छिन् ।
यो देश बनाउने उपयुक्त वातावरण हो । साझा घोषणा पत्रले आफ्ना नीति कार्यक्रम र उदेश्य स्पष्ट छ । त्यसलाई जनताले बहुमतका साथ अनुमोदन गरेका छन् ।
म निर्वाचनको बनोटबाट प्रधानमन्त्री बनेको हुँ । म प्रधानमन्त्रीको हिसाबले तपाईहरुलाई भन्न चाहान्छु, म प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री बनेको होइन, देश बनाउने आएको हुँ । भ्रष्टचार गर्दिन र हुन पनि दिन्न । मलाई जनताले दमनकारी शासक बनाउन जिताएका होइनन् । म जनताको रक्षक हुँ । राष्ट्रियताको पहरेदार हुँ । सदाचारको अभियान्त हुँ । देश भक्त, विकासवादी, सुशासनका पक्षपातीलाई भोट नदिएर कता हाल लैजानु हुन्छ ?
मेरो इतिहास र वर्तमानले पनि मलाई भोट नदिनुपर्ने कारण छैन् । हामीले प्रदेश नम्बर २ मा प्रतिपक्षमै बसेर पनि सरकारलाई भोट दिएको छ । यहाँ पनि प्रतिपक्षीले भोट दिन पाउँछन सक्छन र दिनुपर्छ । अब जसले सक्छ उसले गर्छ भन्ने होइन नसक्नेहरुका लागि पनि सरकार बन्नेछ । कोहि भोकै मर्नेछैनन् । केहि बर्षभित्र कोही पनि नेपाली पासपोर्ट देखाउँदा सम्मानपुर्वक व्यवहार गर्ने दिन आउँछ । त्यसकै लागि म प्रधानमन्त्री बनेको हुँ र मत दिनका लागि पनि अनुरोध गर्दछु । मलाई मत दिनु होला ।