एनआइसी एसियाले भन्यो-तत्काल ब्याजदर घट्दैन

<p>काठमाडौं । एनआइसी एसिया बैंकले तत्काल ब्याजदर नघटाउने स्पष्ट पारेको छ । निक्षेप कर्ताहरुमाझ प्रतिवद्धता गरिसकिएको र सो प्रतिवद्धता अनुसार केहि निक्षेप सकेत संकलन भैसकेकाले तत्काल ब्याजदर नघटाउने निष्कर्षमा पुगेको बैंकका प्रवक्ता सुधिर पाण्डेले बताए । ‘हामीले निक्षेप कर्तालाई ब्याजदरबारे प्रतिवद्धता जनाईसकेका छौं, त्यसबाट पछि हट्न सकिन्न, बिचको कुनै बाटो निकाल्ने प्रयास गर्छाै’, पाण्डेले भने [&hellip;]</p>

काठमाडौं । एनआइसी एसिया बैंकले तत्काल ब्याजदर नघटाउने स्पष्ट पारेको छ । निक्षेप कर्ताहरुमाझ प्रतिवद्धता गरिसकिएको र सो प्रतिवद्धता अनुसार केहि निक्षेप सकेत संकलन भैसकेकाले तत्काल ब्याजदर नघटाउने निष्कर्षमा पुगेको बैंकका प्रवक्ता सुधिर पाण्डेले बताए । ‘हामीले निक्षेप कर्तालाई ब्याजदरबारे प्रतिवद्धता जनाईसकेका छौं, त्यसबाट पछि हट्न सकिन्न, बिचको कुनै बाटो निकाल्ने प्रयास गर्छाै’, पाण्डेले भने ।

उनले बैंकर्स संघको उच्च नेतृत्वसँग छलफल भैरहेको बताउँदै हल्लाका पछाडी नलाग्न आग्रह पनि गरे । ‘बैंकर्स संघका अध्यक्षसँग हामी निरन्तर छलफलमै छौं, केहि दिनमै सहमति जुट्छ, हल्लाको पछि कुद्नु भएन ।’ पाण्डेले भने ।  एनआइसीका प्रवक्ता पाण्डेले अन्तर बैंक कारोबार नगर्ने बैंकर्स संघको निर्णय विरुद्ध तत्काल राष्ट्र बैंकमा उजुरी नदिने पनि स्पष्ट पारे ।

‘अहिले नै राष्ट्र बैंक जाँदा दुवै पक्षले प्रतिष्ठाको बिषय बनाउने सम्भावना देखेर आपसमै मिल्ने प्रयास गरिरहेका छौं’, पाण्डेले भने ।  उनले बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच आरोप प्रत्यारोपमा भने नजाने सहमति भएको जानकारी दिए ।

एनआइसी एसिया बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत र साधारण बचतमा १० प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेपछि बैंकर्स संघले एनआइसीसँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको थियो । आइतबार २७ वटै बाणिज्य बैंकले संघको निर्णयलाई अनुमोदन गरेका छन् । संघले मुद्धति निक्षेपमा ११ र साधारण बचतमा ८ प्रतिशत भन्दा बढि ब्याजदर नदिने सहमति गरेको थियो ।

Share News