आइतबार विभिन्न ८ कम्पनीको एक करोड कित्ता बोनस सेयर सूचिकृत, कसको कति?

<p>काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८ कम्पनीको एक करोड ३ लाख ४२ हजार ४२१ कित्ता बोनस सेयर सूचिकृत भएका छन् । एकैदिन विभिन्न बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीको गरि सो मात्राको सेयर नेप्सेमा थपिएको हो । सो मध्ये सबैभन्दा बढी कैलाश विकास बैंकको सेयर नेप्सेमा थपिएको छ । यस बैंकको २२ लाख ९१ [&hellip;]</p>

काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८ कम्पनीको एक करोड ३ लाख ४२ हजार ४२१ कित्ता बोनस सेयर सूचिकृत भएका छन् । एकैदिन विभिन्न बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीको गरि सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

सो मध्ये सबैभन्दा बढी कैलाश विकास बैंकको सेयर नेप्सेमा थपिएको छ । यस बैंकको २२ लाख ९१ हजार ४८८ कित्ता बोनस सेयर सूचिकृत भएको हाे ।

त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सकाे १० लाख ९१ हजार २४९, ग्लोबल आइएमई वित्तीय संस्थाकाे एक लाख १३ हजार कित्ता र स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे एक लाख ७४ हजार ९९६ कित्ता सेयर थपिएका छन्।

त्यसैगरी, बरुण हाइड्रोपावर कम्पनीले एक लाख २१ हजार ५०० कित्ता, एक्सेल डेभलपमेन्ट बैंकले ११ लाख ५८ हजार ३०२ कित्ता, चिलिमे हाइड्रोपावर कम्पनीले ५१ लख ७१ ह्जार ८८६ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २ लाख २० हजार कित्ता बोनस सेयर नेप्सेमा थपेका छन् ।

Share News