एनआइसी एशिया बैंकसँग अन्तर बैंक कारोबार नगर्न २७ वटै वाणिज्य बैंक सहमत, राष्ट्र बैंक भन्छ-हामीलाई थाहा छैन

<p>काठमाडौं । बैंकर्स संघमा आवद्ध २७ वटै वाणिज्य बैंकहरुले एनआईसी एशिया बैंकसँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेका छन् । एनआइसी एशिया बैंकसँग अन्तर बैंक कारोबार नगर्ने बैंकर्स संघको निर्णयलाई आइतबार बसेको २७ वटै वाणिज्य बैंकका सीईओ तथा प्रतिनिधी सम्मिलित बैठकले अनुमोदन गरेको हो । बैठकले एनआइसी एशिया बैंकले वित्तिय प्रणालीमै जोखिम बढाएको भन्दै अन्तर [&hellip;]</p>

काठमाडौं । बैंकर्स संघमा आवद्ध २७ वटै वाणिज्य बैंकहरुले एनआईसी एशिया बैंकसँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेका छन् । एनआइसी एशिया बैंकसँग अन्तर बैंक कारोबार नगर्ने बैंकर्स संघको निर्णयलाई आइतबार बसेको २७ वटै वाणिज्य बैंकका सीईओ तथा प्रतिनिधी सम्मिलित बैठकले अनुमोदन गरेको हो ।

बैठकले एनआइसी एशिया बैंकले वित्तिय प्रणालीमै जोखिम बढाएको भन्दै अन्तर बैंक कारोबार नगर्ने संघको निर्णयलाई अनुमोदन गरेको हो । ब्याज दर नियमन गर्ने अख्तियारी पाएको नेपाल राष्ट्र बैंकले भने बैंकर्स संघ र एनआइसी एसिया बैंकको विवादबारे आफुलाई केहि थाहा नभएको बताएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने-बैंकर्स संघ र एनआइसी एशिया बैंकबिचको विवाद के हो हामीलाई थाहा छैन, दुबै पक्षले हामीलाई औपचारिक जानकारी दिएका छैनन्, बजार हल्लाको पछि केन्द्रिय बैंक लाग्दैन ।

उनले संघ र एनआइसी एशिया बैंकबिचको विवादबारे सञ्चार माध्यमहरुबाट थाहा पाएको तर औपचारिक जानकारी नभएको बताए । ‘सञ्चार माध्यमहरुमा खबर आईरहेका छन् तर हामीलाई दुबै पक्षले जानकारी दिएका छैनन्, औपचारिक जानकारी पाएपछि केन्द्रिय बैंकले आफ्नो भूमिका निभाउँछ’, श्रेष्ठले भने ।

 

Share News