एकै वर्षमा २ अर्बको काठ आयात, अग्राख छोडेर उपभोक्ता मलेसियन काठमा आकर्षित

<p>काठमाडौं । नेपालमा मलेसियाबाट २ अर्ब रुपैयाँको काठ आयात हुने गरेको छ । नेपालले पछिल्लो समयमा सबैभन्दा धैरे काठ मलेसियाबाट आयात गरिरहेको छ । आर्थिक वर्ष २०७३/०७४ मा कुल आयातको ५० प्रतिशत हिस्सा मलेसियाको रहेको छ । गत वर्ष विदेशबाट ४ अर्ब ३९ करोड रुपैंयाको काठ आयात गरिको थियो । चालु आर्थिक महिनाको ७ महिनमा [&hellip;]</p>

काठमाडौं । नेपालमा मलेसियाबाट २ अर्ब रुपैयाँको काठ आयात हुने गरेको छ । नेपालले पछिल्लो समयमा सबैभन्दा धैरे काठ मलेसियाबाट आयात गरिरहेको छ । आर्थिक वर्ष २०७३/०७४ मा कुल आयातको ५० प्रतिशत हिस्सा मलेसियाको रहेको छ । गत वर्ष विदेशबाट ४ अर्ब ३९ करोड रुपैंयाको काठ आयात गरिको थियो । चालु आर्थिक महिनाको ७ महिनमा मात्रै ३ अर्ब ७ करोडको काठजन्य बस्तु आयात भइसकेको भन्सार विभागले जनाएको छ ।

मेलेसियन काठ

नेपाली अग्राखको मूल्य वृद्धि उच्च भएपछि विदेशी काठको खपत बढेको व्यवसायीहरुले बताएका छन् । अहिले नेपाली साल प्रति क्यूफिट मूल्य ६ हजार ५ सयदेखि लिएर ७ हजार ५सय रुपैयाँसम्म छ । मलेसियाबाट आउने सालको मूल्य ३ हजारदेखि ३ हजार ५ सयमै पाउन थालेपछि आयात बढेको व्यवसायीहरु बताउँछन् ।

हाल नेपालमा चीन, मलेसिया, तान्जानिया, क्यानडा, ब्राजिल र इन्डोनेसियाबाट विभिन्न प्रजातिका काठहरु आयात हुँदै आएको छ । फर्निचर व्यवसायी काजी श्रेष्ठका अनुसार सामान्य घरको एउटा ढोका बनाउदा चौकोसको लागि मात्र १० हजार रुपैंया बराबरको काठ आवश्यक हुन्छ । यदी मलेसियन सालको प्रयोग गरियो भने ५ हजारमा चौकोस तयार हुन्छ ।

नेपालमा काठ महंगिदै गएपछि विकल्पको रुपमा आलमुनियम र फलामको प्रयोग पनि बढ्दै गएको छ । एउटा सामान्य घरको ढोका तयार गर्न चौकोस सहित १० हजार सम्ममा तयार हुने आलमुनियम व्यवसायी ईश्वर श्रेष्ठले बताए । विशेषगरी मलेसियन काठको प्रयोग गरी झ्याल ढोका खाट, दराज इत्यादी निर्माण हुने व्यवसायीले बताएका छन् ।

नेपालमा सबैभन्दा राम्रो काठको रुपमा साललाई मानिने गरिएको छ । राम्रो सालको काठलाई अग्राख भनिन्छ । प्रयोगको हिसाबले यो काठ लामो समयसम्म टिक्ने भएकोले यसको मूल्य पनि बढी रहेको छ । साल, सिसौ, खयर, सल्ला र चिलाउने नेपालमा पाइने मूख्य प्रकारका काठ हुन् । हाल नेपालमा प्रतिक्यूफिट सल्ला काठको मूल्य ८ सय रहेको छ भने चिलाउनेको मूल्य ३ सय रुपैयाँ छ ।

तर यो प्रयोगको हिसाबले सालको तुलनामा कमजोर हुने गरेको व्यवसायीहरुको भनाई छ । मलेसियन सालको देख्दा राम्रो र लामो समयसम्म नबाङगिने भएकाले यसको प्रयोग बढ्दै गएको नेपाल फर्निचर एशोसियसनको उपाध्यक्ष सुजिल श्रेष्ठले बताए ।

नेपालमा मलेसियन काठको प्रयोग बढ्दै गएपछि नवलपरासिमा १० बिगाहा जमिनमा एग्री कल्चरल एण्ड फरेस्ट कन्जरभेसन रिर्सच सेन्टरले मलेसियन सालको खेती सुरु गरेको छ ।

Share News