३ करोडको लागतमा महानगरले शंख पार्कको पुर्न:निर्माण गर्ने, यस्तो बन्दैछ शंख पार्क (भिडीयोसहित)

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ स्थित शंख पार्कको पुर्ननिर्माण गर्ने भएको छ । महानगरले ३ करोड ४ लाख रुपैंयाको लागतमा पार्कको पुर्ननिर्माण गर्न लागेको हो । महानगरले पार्कको पुर्ननिर्माणको लागि गुरु योजना निर्माण गरीसकेको छ । गुरु योजनामा पार्कलाई, युवा युवती, , स्थानीयबासीको सहज पहुँच, बालबालिका, जेष्ठ नागरिकमैत्री बनाउने महानगरले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ स्थित शंख पार्कको पुर्ननिर्माण गर्ने भएको छ । महानगरले ३ करोड ४ लाख रुपैंयाको लागतमा पार्कको पुर्ननिर्माण गर्न लागेको हो ।
महानगरले पार्कको पुर्ननिर्माणको लागि गुरु योजना निर्माण गरीसकेको छ । गुरु योजनामा पार्कलाई, युवा युवती, , स्थानीयबासीको सहज पहुँच, बालबालिका, जेष्ठ नागरिकमैत्री बनाउने महानगरले जनाएको छ ।

पार्क पुर्ननिर्माण गर्नुभन्दा पहिले विवाद नआओस भनेर स्थानीयबासीसँगको छलफललाई अघि बढाइएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

शंख पार्क व्यवस्थापनबाट शुरु भएको सार्वजनिक जग्गा उपयोग प्रवर्धनबाट वडाबासीलाई लाभ हुने परिणाम दिन आफू प्रतिवद्ध रहेको वडा नं. ४ का वडाध्यक्ष मोहन विष्टले बताए । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पार्कलाई अत्याधुनिक बनाउन उपकरणसहितको खुल्ला जिम र साइकल ट्याक बनाउनु पर्नेमा जोड दिए ।
पार्कको गुरुयोजना वातावरण व्यवस्थापन विभागका वरिष्ट इञ्जिनियर रविन्द्रकुमार राई, इञ्जिनियरहरु राजेन्द्र डंगोल र उमेश पटेल सँगै आर्किटेक्ट प्रमिला पराजुलीले तयार पारेका हुन् ।

यस्तो छ शंखपार्क

काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बाराही चक्रपथसँगै जोडिएको शंख पार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । वि.सं २०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रुपमा निर्माण गरिएको हो । २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनापछि पार्कको नाम शंख पार्कका रुपमा पुन नामाकरण गरिएको हो । अहिले यो पार्क बनभोज, विवाह, व्रतवन्धजस्ता सामाजिक कार्य, विहान र वेलुका व्यायाम गर्ने स्थल, स्थानीय भेटघाट र मनोरञ्जनका लागि उपयोग हुँदै आएको छ । पार्कमा दैनिक औसत ५०० व्यक्ति घुम्न आउँछन् ।

भिडीयो

Share News