झुटो विवरण पेश गरेर  बैंकबाट कर्जा लिएपछि राष्ट्र बैंकले गुरुप्रसाद न्यौपानेलाई लगायो ५ लाख जरिवाना

<p>काठमाडौं । गतल विवरण पेश गरेर बैंकबाट कर्जा लिएपछि नेपाल राष्ट्र बैंकले व्यवसायी गुरुप्रसाद न्यौपानेलाई ५ लाख रुपैयाँ जरिवाना लगाएको छ । जनता बैंकमा सञ्चालक रहेको अवस्थामा गलत विवरण बुझाएर नविल बैंकबाट ४ करोड रुपैयाँ बढी व्यक्तिगत प्रयोजनका लागि ऋण लिएपछि उनलाई केन्द्रीय बैंकले ५ लाख रुपैयाँ जरिवाना लगाएको हो । उनी त्यसबेला जनता बैंकका [&hellip;]</p>

काठमाडौं । गतल विवरण पेश गरेर बैंकबाट कर्जा लिएपछि नेपाल राष्ट्र बैंकले व्यवसायी गुरुप्रसाद न्यौपानेलाई ५ लाख रुपैयाँ जरिवाना लगाएको छ ।

जनता बैंकमा सञ्चालक रहेको अवस्थामा गलत विवरण बुझाएर नविल बैंकबाट ४ करोड रुपैयाँ बढी व्यक्तिगत प्रयोजनका लागि ऋण लिएपछि उनलाई केन्द्रीय बैंकले ५ लाख रुपैयाँ जरिवाना लगाएको हो ।

उनी त्यसबेला जनता बैंकका सञ्चालक थिए । कुृनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक भएका बेला घर कर्जा बाहेक अन्य प्रयोजनका लागि कर्जा लिन नपाइने व्यवस्था छ । तर कम्पनीको नाममा भने कर्जा लिन पाइने व्यवस्था छ ।

राष्ट्र बैंकको हाल बसेको सञ्चालक समिति बैठकले उनलाई जरिवाना लगाउन निर्णय गरेको हो । जनताको सञ्चालक हुदा उनले झुटो विवरण दिएर नविल बैंकबाट कर्जा लिएको खुलेपछि जरिवाना लगाएको राष्ट्र बैंकका प्रवत्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

उनलाई राष्ट्र बैंकले पटक पटक स्पष्टिकरण सोधेको थियो । चिक्त बुझदो जवाफ नपाएपछि ५ लाख रुपैयाँ जरिवाना लगाएको उनले स्पष्टपारे । उनले आफु कुनै पनि बैंकको सञ्चालक नभएको ग्राहक पहिचानमा फारम भरेका थिए ।

यसअघि न्यौपाने जनताको सञ्चालक हुदा सोही बैंकको ५५ हजार बढी कित्ता सेयर श्रीमतिको नाममा खरिद गरेको प्रमाणित भएपछि नेपाल राष्ट्र बैंकले उनको श्रीमतिको नाममा रहेको सेयर जफत गर्न निर्देशन दिएको थियो । नेपालको कर्पोरेट इतिहासमा यो सबैभन्दा ठुलो कारवाही थियो ।

उनले श्रीमतिको नाममा खरिद गरेको ८५ हजार कित्ता सेयर जफत भएपछि सोको विरुद्धमा उनी उच्च अदालत पाटनमा गएका थिए । उच्च अदालतले हालै १५ दिनको समय दिएर बैंकसंग सेयर जफत गर्नुको कारण स्पष्ट पार्न सोधेको छ ।

राष्ट्र बैंकले स्पष्टिकरण लिदा उनले सेयर किन्न आफनी श्रीमति नभएको र नचिन्ने भनी वयान दिएका थिए । पछिल्ला समयमा न्यौपाने गलत काम गरेका कारण फस्दै गएका छन् ।

 

Share News