काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक साताभित्रै ७५ करोड रुपैयाँसम्म ऋण दिने भएको छ । बैंकले सबैका लागि कर्जा भन्ने नाराका साथ न्युनतम् ७५ हजारदेखि ७५ करोड रुपैयाँ ऋण दिने भएको हो ।

काम सुरु गरेको एक साताभित्रै ऋण लगानी गर्ने बैंकले जनाएको छ । उत्पादनमुलक क्षेत्रलाई लक्षित गरी ल्याइएको योजनामा सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । हाल सञ्चालनमा रहेका ५३ ओटा शाखाबाट कर्जा सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
यसअघि बैंकले धितो विनानै १५ लाख रुपैयाँसम्म कर्जा दिने योजना ल्याइसकेको छ । बैंकले डाक्टर, इन्जिनियर र परामर्शदाता सेवा दिने र राम्रो जागिर भएकालाई दिने गरी ओम प्रोफेसनल लोन योजना ल्याएको थियो ।