काठमाडौं । कोका(कोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नामाङकरण ‘खेल्ने होइन त ?’ राखेको छ ।

‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यत २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटवल खेल्न आब्हान गर्ने र “कोक खाम् रसिया जाम्” भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो ।विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटवलको गफमा रमाउन थालेका छन् । केही समय अगाडी कोका(कोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्र्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान संचालन गरिरहेको छ ।
कोकाकोलाले यस अभियानलाई सबै ठाँउमा पुर्याउने उद्देश्यले विषेश भ्यानको सहायताले हरेक चोक चोकमा पुगेर युवाहरुलाई खोलाउँदै आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र सिमित नभई , यो अभियान नेपाल भरिको ३० वटा शाहरमा जाँदै छ । कोका(कोलाको यस अभियान संचालन हुने भ्यान आएको देखेमा खेल्नका लागि तयार हुन अनुरोध गरेको छ ।
यसरी खेल सम्पन्न भएपछि बिजेताले कोक लोगो अंकित बिभिन्न बिशेष उपहारहरु पाउने छन् । कोका(कोलाले विश्व कपको माहोल बनाउँन र युवाहरुको मनोरञ्जनकोलागि यो अभियान संचालन गरेको हो ।
नजिकिदो विश्वकपलाई प्रत्यक्ष हेर्न अबसर जुराउदै गरेको कोकाकोलाले रसियामा हुने विश्वकप खेर्न ४० जनालाई लाने घोषणा गरेको छ । करिब १२ हजार ५०० जनाले पुरै क्याम्पेनमा बिजेता बन्ने मौका पाउने छन् । जसमा फिफा लोगो अंकित बिषेश उपहार दैनिक २०० जनाले पाउने छ ।