मेलम्चीको सुरुङ खन्ने इटालीयन सीएमसी डी रेभेना आर्थिक संकटमा, लिखु ४ आयोजनाबाट हटाइयो

<p>काठमाडौं । वित्तीय अवस्था नाजुक भएर काम गर्न नसक्ने अवस्था आएपछि प्रवद्र्धक ग्रीन भेन्चर्सले इटालीको सीएमसी डी रेभेनालाई लिखु ४ जलविद्युत आयोजनाबाट हटाएको खुलेको छ । आयोजना निर्माणको ठेक्का पाएको सीएमसीको वित्तीय अवस्था कामजोर भई काम गर्न नसक्ने देखेपछि ग्रीन भेन्चर्सले आयोजनाबाट हटाएको हो । ग्रीन भेन्चर्सले ५२.४ मेगावाटको लिखु ४ आयोजनाको निर्माणका लागि सीएमसीसंग [&hellip;]</p>

काठमाडौं । वित्तीय अवस्था नाजुक भएर काम गर्न नसक्ने अवस्था आएपछि प्रवद्र्धक ग्रीन भेन्चर्सले इटालीको सीएमसी डी रेभेनालाई लिखु ४ जलविद्युत आयोजनाबाट हटाएको खुलेको छ ।

आयोजना निर्माणको ठेक्का पाएको सीएमसीको वित्तीय अवस्था कामजोर भई काम गर्न नसक्ने देखेपछि ग्रीन भेन्चर्सले आयोजनाबाट हटाएको हो । ग्रीन भेन्चर्सले ५२.४ मेगावाटको लिखु ४ आयोजनाको निर्माणका लागि सीएमसीसंग ठेक्का सम्झौता गरेको थियो । सीएमसीले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम गरिरहेको छ ।

सम्झौताअनुसार आयोजनाको काम सुरु नगरेपछि हटाइएको आयोजना प्रमुख बद्री रिजालले बताए । ग्रीन भेन्चर्संले एकतर्फी रुपमा ठेक्का तोडेको हो । सीएमसीको आर्थिक अवस्था नाजुक भएको उनले बताए ।

सीएमसीले १४० मेगावाटको अर्धजलासययुक्त तनहु जलविद्युत आयोजनामा पनि प्रस्ताव पेश गरेको छ । संभवत उसैले ठेक्का पाउने निश्चित देखिएको छ । ठेक्का तोडिएपनि नयाँ प्रक्रियाबाट नयाँ ठेकेदार चयन गरिने उनले जानकारी दिए । निर्धारित समयमा आयोजना सम्पन्न हुने रिजालले बताए । आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न हुने छ ।

बिशाल गु्रप र त्रिवेणी ग्रुपको लगानी रहेको छ । आयोजनामा नविल बैंकको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ छ । विशाल र त्रिवेणीले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् ।

आयोजना निर्माणका लागि बैंकसंग ऋण सम्झौता

नेपाल विद्युत प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ऊर्जा मन्त्रालयले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ ।

आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।

 

 

 

Share News