इलाम र गुल्मीमा विमानस्थल निर्माण तिब्र गतिमा, जेठदेखि जहाज उड्ने

<p>काठमाडौं । इलाम र गुल्मीमा निर्माणाधिन दुई नयाँ विमानस्थल आगामी जेठसम्मदेखि सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले आउदो जेठसम्म विमानको परीक्षण उडान गर्ने भएको छ । फाल्गुनन्द सुकिलुम्बा र गुल्मी–रेसुङगा विमानस्थलमा अहिले ‘अर्दन पेमेन्ट’को काम भैरहेको छ । प्राधिकरण एरोड्रोम इन्जिनियारिङ विभागका उपप्रबन्धक नलबिक्रम थापाले फाल्गुनन्द र रेसुङा विमानस्थलको निर्माण धमाधम भइरहेको [&hellip;]</p>

काठमाडौं । इलाम र गुल्मीमा निर्माणाधिन दुई नयाँ विमानस्थल आगामी जेठसम्मदेखि सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले आउदो जेठसम्म विमानको परीक्षण उडान गर्ने भएको छ । फाल्गुनन्द सुकिलुम्बा र गुल्मी–रेसुङगा विमानस्थलमा अहिले ‘अर्दन पेमेन्ट’को काम भैरहेको छ ।

प्राधिकरण एरोड्रोम इन्जिनियारिङ विभागका उपप्रबन्धक नलबिक्रम थापाले फाल्गुनन्द र रेसुङा विमानस्थलको निर्माण धमाधम भइरहेको जानकारी दिए ।

‘अहिले विमानस्थल सम्याउने काम भैरहेको छ, आगामी वर्षको जेठ महिनासम्ममा अर्दन पेमेन्टको काम सकिने छ ।,’ निर्देशक थापाले विकासन्यूजसँग भने ।

फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा १८ करोड र रेसुङगामा १० करोड रुपैंया खर्च भैसकेको उनले जानकारी दिए । सरकारले वर्षमा एक पटक मात्र बजेट छुट्याउने र सो बजेट कम हुदाँ काम गर्न कठिनाई हुने गरेको उपप्रबन्धक थापाको भनाई छ । जेठदेखि परीक्षणमा आउने यी विमानस्थलको धावनमार्गको लम्बाई ७५० मिटर छ । विमानस्थलमा एक पटकमा ३ वटा जहाज पार्किङ गर्न सकिनेछ ।

विमानस्थलमा १६ देखि १८ सिट क्षमताका डीएचसी ६ र ट्वििनेटर विमानले उडान गर्न सकिने छ ।देशभरीबाट १५ वटा विमानस्थल बनाउन माग भई आएकोमा अवस्था हेरी ८ वटाको मात्र काम अघि बढेको प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए ।

प्रधिकरणले सोलुखुम्बुको गुदेल, हुम्लाको भदनाखोल, पाँचथरको चुहानडाडा, उदयपुर, धनकुटा, धरान, र अर्घाखाँची जिल्लामा नयाँ विमानस्थल निर्माणको काम सुरु गरेको छ । यसमध्ये अधिकांस जिल्लामा साना ‘स्टोल’ विमानस्थल बन्नेछ । धरानमा बन्ने विमानस्थलमा ठुलो हुनेछ । जसमा ३५ देखि ४२ जना क्षमताको जहाज अवतरण गर्न सकिनेछ ।

नेपालमा हाल ४९ वटा विमानस्थल रहेका छन् । जसमध्ये २० वटा विमानस्थल बन्द छन् । यी दुई विमानस्थल निर्माण सम्पन्न भएपछि सञ्चालनमा रहने विमानस्थल ३१ वटा पुग्ने छ ।

 

Share News