काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । उक्त बरेङ्ग शाखाको उद्घाटन सोही गाउँपालिकाकी अध्यक्ष कृष्णप्रसाद शर्माले र माछापुच्छ्रे शाखाको उद्घाटन सोही गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दबाडीले गरेका हुन् ।

उक्त दुई शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।