एनआईसी एशिया बैंकको शाखा मकावानपुरको भिमफेदीमा, शाखा संख्या १८१ पुग्यो

<p>काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मकावानपुरको भिमफेदीमा विस्तार भएको छ । उक्त शाखाको  उद्घाटन शुक्रबार एक समारोहकाबीच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले गरेका छन् । यस शाखा सहित बैंकको शाखा संख्या १८१ पुगेको छ । त्यस्तै, बैंकले हाल १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु मार्फत सम्पूर्ण बैंकिङ् सेवा प्रदान गर्दै [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मकावानपुरको भिमफेदीमा विस्तार भएको छ । उक्त शाखाको  उद्घाटन शुक्रबार एक समारोहकाबीच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले गरेका छन् ।

यस शाखा सहित बैंकको शाखा संख्या १८१ पुगेको छ । त्यस्तै, बैंकले हाल १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु मार्फत सम्पूर्ण बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News