
काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँको नागरिक वचतपत्र निष्कासन गर्ने भएको छ ।
केन्द्रीय बैंकले चैत १ देखि २१ गतेसम्मका लागि वचतपत्र बिक्री खुला गर्न लागेको छ ।
वचतपत्र निष्कासन चैत २६ गते हुने राष्ट्र बैंकले जनाएको छ । नागरिक बचतपत्र २०७९ चैत २६ गते फिर्ता हुने छ । नेपाली नागरिकले मात्र बचतपत्र खरिद गर्न सक्ने छन् ।
प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने छ । न्युनतम १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा पाउने केन्द्रीय बैंकले जानकारी दिएको छ । बचतपत्र धितो राखी यस बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ ।