काठमाडौं । नेपालका लागि गोदरेज ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले नेपाली बजारमा गोदरेजको घरायसी थप सामाग्री सार्वजनिक गरेको छ ।

गोदरेज घरायसी सामाग्रीको ब्राण्ड मध्ये एक हो । कम्पनीले नेपालभरीका आफ्नो बिक्रेताहरुलाई एउटैै छानामुनी राखेर उक्त सामाग्रीहरुको सार्वजनि कार्यक्रम आयोजना गरेको थियो । जहाँ गोदरेजको हेड अफ एक्सपोर्ट तथा एशोसिएट भाइस प्रेसिडेन्ट लगायतकोे उपस्थिति थियो ।
कार्यक्रममाझ गोदरेजले थप नयाँ सामाग्रीहरु नेपाली बजारमा भित्र्याएको औपचारिक घोषणा गरेको थियो । कम्पनीले एनएक्सडब्ल्यु सेरिज रेफ्रिजेरेटर, रेफ–डिओ सर्भिस रेफ्रिजेरेटर, फ्रिजर, वासिङ मेशिन लगायतका सामाग्रीहरु नेपाली बजारमा भित्र्याएकोे हो ।