साझा यातायातको सेमि लो फ्लोर जन बस सञ्चालन सुरु

<p>काठमाडौं । नेपाल सार्वजनिक यातायतको क्षेत्रमा नौलो प्रस्तुती गर्दै आएको साझा यातायातले फेरी नेपालमा पहिलो पटक अशोक लेलैण्डको सेमी लो फ्लोर बस सञ्चालन सुरु गरेको छ । उक्त सार्वजनिक बस युरोपियन स्ट्याण्डर्डको रुपमा सञ्चालनमा आएको कम्पनीको भनाइ छ । बस बुधबारनै एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उद्योग वाणिज्य [&hellip;]</p>

काठमाडौं । नेपाल सार्वजनिक यातायतको क्षेत्रमा नौलो प्रस्तुती गर्दै आएको साझा यातायातले फेरी नेपालमा पहिलो पटक अशोक लेलैण्डको सेमी लो फ्लोर बस सञ्चालन सुरु गरेको छ । उक्त सार्वजनिक बस युरोपियन स्ट्याण्डर्डको रुपमा सञ्चालनमा आएको कम्पनीको भनाइ छ ।


बस बुधबारनै एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले नेपलामै पहिलो पटक अशोक लेलैण्डले उत्पादन गरेको सेमी लो फ्लोर बस सञ्चालनको सुभारम्भ गरेको बताइएको छ ।

साे अवसरमा साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले अशोक लेलैण्डको ‘जन’ बस विस्वकै पहिलो सिंगल स्टेप, फ्रन्ट इन्जिन, फुल्ली फ्ल्याट फ्लोर बस रहेको बताएका छन् । उपत्यकामा चार स्टेप उक्लिएर बसमा चढुनु पर्ने बाध्यताबाट मुक्ति गराउन एक स्टेपमा नै बसमा चढेन सकिने उक्त सेमि लो फ्लोर बस सञ्चालन गरिएको जानकारी दिए । ‘यसमा भएको फुल एयर सस्पेन्सनको कारण यात्रुहरुलाई आनन्ददायी यात्रको अनुभव दिनेछ,’ उनले भने । कम्पनीकाे अनुसार बस अपाङ्गमैत्री रहेकाे छ ।

उनले अशोक लेलैण्ड लि. भारतका प्रबन्ध निर्देशक विनोद दसारी आईएमई मोमटर्सको कार्यक्रमको लागि नेपालमा आएको समयमा आफुसंग भेट भएको र सोहि समयमा अशोक लेलैण्डले आफ्नो पेटेन्टराइट भएको विश्वकै पहिलो फ्रन्ट इन्जिन भएको सेमी लो फ्लोर बस सहुलियत मुल्यमा उपलब्ध गराउने जानकारी गराएको हुदा साझा यातायतले काठमाडौं महानगरपालिकाको सहयोगमा वास्तविक मुल्यको एक तिहाइ मुल्यमा उक्त अशोक लेलैण्डको बस आयात गरी आजदेखि सञ्चालन गरेको जानकारी गराए ।

Share News