उद्योग मन्त्री यादव भन्छन्-२/४ जना खर्बपति पालेर करोडौं नागरिकलाई मागेर खान बाध्य पार्ने देश केको धनी ?

<p>काठमाडौं । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले दुई चार जना खर्बपतिले देश धनी नहुने बताएका छन् । ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–कतिपय ठुला देशहरुमा केहि खर्बपतिको घर बनाउनै हाम्रो देशको पुरै बजेट लाग्छ, तर ती देशमा लाखौं करोडौं मानिस भिख माग्नेहरुको ताँती हुन्छ, अब भन्नुस त्यो देश [&hellip;]</p>

काठमाडौं । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले दुई चार जना खर्बपतिले देश धनी नहुने बताएका छन् । ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–कतिपय ठुला देशहरुमा केहि खर्बपतिको घर बनाउनै हाम्रो देशको पुरै बजेट लाग्छ, तर ती देशमा लाखौं करोडौं मानिस भिख माग्नेहरुको ताँती हुन्छ, अब भन्नुस त्यो देश केको धनी ?’

उनले मुकेश अम्बानीले भारतमा महंगो घर बनाएको र भारतमा करोडौं मानिस मागेर गुजारा चलाउन परिरहेका तर्फ संकेत गरेका थिए । अम्बानीले २ अर्ब अमेरिकी डलर खर्च गरेर एन्टिलिया भवन बनाएका थिए ।

उनले नेपाल धेरै देश भन्दा राम्रो भएको दावी गर्दै छाता जस्तो नभएर पिरामिड जस्तो अर्थतन्त्रको विकास गर्नुपर्नमो पनि जोड दिए । उनले विकास र समृद्धिको प्रतिफल सबै नागरिकले पाउनुपर्नेमा जोड दिए ।

उनले हिजो गडबड गर्ने सबै कर्मचारीलाई माफी दिएको बताउँदै अब सुध्रन चेतावनी दिँदै जनताका पक्षमा लाग्न आग्रह गरे । उनले अब खुस खुवाउनेहरुको काम हुने दिन सकिएको पनि बताएका थिए । ‘एक दम ख्याल गर्नु होला, अब जसले घुस खुआउँछ उसको काम हुँदैन्, हिजोसम्म जसले घुस खुवाउँछ उसको काम हुन्थ्यो अब त्यस्तो हुँदैन, जसले घुस खान्छ उसको त के हुन्छ हुन्छ ।’

उनले राजनीतिक दलहरु एकताको प्रक्रियामा सामेल भएकाले अब निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुबिच पनि एकता आवश्यक रहेको बताएका थिए ।

Share News