कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार १ सय कामदार लैजाने

<p>काठमाडौं । पछिल्लो समय काम र दाम दुवैकाे कारण युवाहरुकाे आकर्षक गन्तव्य मुलुककाे रुपमा परिचित दक्षिण कोरिया जानकाे लागि नवौं इपिएस टपिक परीक्षाको आवेदन फारम खुलेको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखा ग्वार्कोले आगामी ईपिएस परिक्षा २०७५ जेठ २६ र २७ गते हुने जानकारी दिएको छ । त्यसको लागि [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय काम र दाम दुवैकाे कारण युवाहरुकाे आकर्षक गन्तव्य मुलुककाे रुपमा परिचित दक्षिण कोरिया जानकाे लागि नवौं इपिएस टपिक परीक्षाको आवेदन फारम खुलेको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखा ग्वार्कोले आगामी ईपिएस परिक्षा २०७५ जेठ २६ र २७ गते हुने जानकारी दिएको छ । त्यसको लागि भाषा परीक्षाको आवेदन खुलाएकाे हाे ।


शाखाको अनुसार परीक्षाका लागि यही चैत ८ गतेदेखि १७ गतेसम्म आवेदन फारम भर्न सकिनेछ । परिक्षाकाे लागि अावेदन अनलार्इनकाे माध्यमबाट भर्न पर्ने हुन्छ । परिक्षा शुल्क २४ अमेरिकी डलर बराबरको नेपाली रुपैया तोकिएको छ ।  उक्त रकम ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गर्न सकिने प्रावधान छ ।  गएको वर्ष समेत त्यस्तै व्यवस्था गरिएकाे थियाे।

आगामी वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदार लैजाने भएको शाखाले जनाएको छ । सन् २०१८ काे लागि कोरियाले उत्पादनमुलक क्षेत्रमा ४ हजार ८ सय र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ३ सय नेपाली कामदार जान पाउने जानकारी दिएकाे छ ।

शाखाको अनुसार एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका परिक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र जान पाउने व्यवस्था छ । फारम भर्नेले उत्पादनमूलकमा तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नसक्नेछन् ।

परिक्षा एकै दिनमा दुई सिफ्ट गरी दुई दिन सञ्चलान हुने ईपिएस शाखाले जनाएको छ । परिक्षा स्थल र समय २०७५ जेठ १८ गते तोकिने बताइएको छ ।  नतिजा प्रकाशन २०७५ असार १६ गते प्रकाशित गर्ने जनाइएको छ ।
यद्यपि भाषा परिक्षा पास गरेपनि कोरियाको रोजगारको छनौटमा परि श्रम सम्झौत प्राप्त भइ भिषा प्राप्त नहुँदासम्म रोजगारीको ग्यारेन्टी नहुने ईपिएस शाखाले जानकारी गराएको छ ।

परिक्षा सम्बन्धी विस्तृत जानकारीको लागि तल दिइएकाे वेवसाईटमा हेर्नुहोलाः–

Notice_2018 finalसूचना डाउनलोड गर्नुहोला ।

Share News