काठमाडौं । केएल मोबाइल हबले सञ्चालन गरेको मोबाइल मेला बुधबार सकिएको छ । मोबाइलका पारखीलाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्य सहित हबले फागुन १ गतेदेखि मोबाइल मेला आयोजना गरेको थियो ।
मेला सकिए पनि दुई वटा अफरहरुलाई भने हबले निरन्तरता दिने जनाएको छ । मेलामा देखिएको सेवाग्राहीको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिएका छन् । उनकाअनुसार मोबाइल मेला सकिए पनि केही समयसम्म एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने र मोबाइल एक्सचेञ्ज योजनालाई निरन्तरता दिइने जनाइएको हाे ।