काठमाडौं । रिलाइन्स फाइनान्सको ६ लाख ५२ हजार ९४० कित्ता सेयर लिलामीमा आएको छ । त्यसमध्ये ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक सेयर रहेको छ भने १ लाख १० हजार ६२६ कित्ता साधारण सेयर छ ।
फाइनान्सको भित्री अवस्था विग्रेकोले संस्थापकहरु मध्ये धेरैले हकप्रद सेयर खरिदको लागि आवेदन नगरेको बताइएको छ । साथै साधारण सेयर मूल्य १०० रुपैयाँ नजिक पुगेकोले संस्थापकले सेयर नकिनेको हुनसक्ने जनाईएको छ ।
यस फाइनान्सको सोमबार सेयर प्रतिकित्ता १२१ रुपैयाँमा कारोबार भएको छ । सामान्यतय साधारण सेयरको मूल्य भन्दा आधा मूल्यमा संस्थापक सेयर किनबेच हुने गरेको छ ।
फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले उक्त सेयर लिलामीमा राखेको छ । फाइनान्सले गत मंसिरमा हकप्रद सेयर निष्काशन गरेकोमा आवेदन नपरेको सेयर लिलामीमा राखेको जनाएको छ ।