अपडेटः सेयर बजार दोहोरो अंकले उकालो, सबै समूह हरिया

<p>काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुलेदेखि दोहोरो अंकले ओरालो लागेको सेयर बजार करिब २ बजेतिर दोहोरो अंकले उकालो लागेको छ । दिउँसो १ बजेर ५१ मिनेट जाँदा नेप्से परिसूचक १७ दशमलब ३१ अंकले उकालो लागेर १३०५ अंकमा पुगेको छ । सो अवधिसम्म १५४ कम्पनीको ३३ करोड ६८ लाख रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुलेदेखि दोहोरो अंकले ओरालो लागेको सेयर बजार करिब २ बजेतिर दोहोरो अंकले उकालो लागेको छ ।

दिउँसो १ बजेर ५१ मिनेट जाँदा नेप्से परिसूचक १७ दशमलब ३१ अंकले उकालो लागेर १३०५ अंकमा पुगेको छ । सो अवधिसम्म १५४ कम्पनीको ३३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारमा आएका ९ वटै समूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह १५२ अंकले उकालो लागेको छ ।

Share News