भारतमा किन ढालियो लेनिनको शालिक ?

<p>काठमाडौं । भारतको त्रिपुरा राज्यमा लेनिनको शालिक ढालिएको छ । भारतीय जनता पार्टीले विधानसभा निर्वाचन जितेसँगै उसका कार्यकर्ताले त्रिपुराको बेलोनिया शहरमा रहेको लेनिनको शालिक ढालेका हुन् । त्रिपुरामा २५ बर्ष लामो कम्युनिष्ट पार्टीको सत्ता ढालेर भारतीय जनता पार्टी विजयी भएको छ । भाजपाले जितेसँगै लेनिनको सालिक ढालिएको हो । उनीहरुले डोजर लगाएर लेनिनको शालिक ढालेका [&hellip;]</p>

काठमाडौं । भारतको त्रिपुरा राज्यमा लेनिनको शालिक ढालिएको छ । भारतीय जनता पार्टीले विधानसभा निर्वाचन जितेसँगै उसका कार्यकर्ताले त्रिपुराको बेलोनिया शहरमा रहेको लेनिनको शालिक ढालेका हुन् ।

त्रिपुरामा २५ बर्ष लामो कम्युनिष्ट पार्टीको सत्ता ढालेर भारतीय जनता पार्टी विजयी भएको छ । भाजपाले जितेसँगै लेनिनको सालिक ढालिएको हो । उनीहरुले डोजर लगाएर लेनिनको शालिक ढालेका हुन् ।

बीबीसीका अनुसार त्रिपुरामा हाल भाजपा र कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप भैरहेको छ । लेलिनको सालिक ढालिएपछि कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रतिकारमा उत्रिएका छन् । त्रिपुराका बिभिन्न शहरमा यतिबेला निषेधाज्ञा जारि गरिएको छ ।

Share News