बजार ओरालो लागि रहँदा नेपालगञ्जका लगानीकर्तालाई सेयर तालिम

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालगञ्जका लगानीकर्तालाई प्रशिक्षण दिएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघसँग मिलेर बोर्डले सो क्षेत्रका लगानीकर्तालाई सेयर बजार लगानीका बारेमा प्रशिक्षण दिएको हो । संघका अध्यक्ष नन्दलाल बैश्यको उपस्थितीमा आयोजना गरिएको लगानीकर्ता प्रशिक्षणमा सो क्षेत्रका २२५ जना भन्दा बढि लगानीकर्ताहरुको सहभागीता रहेको थियो । बोर्डका निरञ्जय घिमिरे, नेप्सेका मुराहरी पराजुली, सिडिएस [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालगञ्जका लगानीकर्तालाई प्रशिक्षण दिएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघसँग मिलेर बोर्डले सो क्षेत्रका लगानीकर्तालाई सेयर बजार लगानीका बारेमा प्रशिक्षण दिएको हो । संघका अध्यक्ष नन्दलाल बैश्यको उपस्थितीमा आयोजना गरिएको लगानीकर्ता प्रशिक्षणमा सो क्षेत्रका २२५ जना भन्दा बढि लगानीकर्ताहरुको सहभागीता रहेको थियो ।

बोर्डका निरञ्जय घिमिरे, नेप्सेका मुराहरी पराजुली, सिडिएस एण्ड क्लियरिङ्ग लि.(सिडिएसि) का देवराज रिजाल, ईम्पेरियल सेक्यूरिटिज् प्रालिका भक्तिराम घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लगानी कर्ताहरुले सेयरमा भ्याट लगाउन नहुने, अनुत्पादक क्षेत्रको आरोप लगाउन नहुने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई आकर्षित गर्नुपर्ने, अनलाईन कारोबार यथासिघ्र आरम्भ गर्नुपर्ने लगायतका माग राखेका थिए ।

सूचिकरण खारेज भएका कम्पनीहरुको यथार्थ स्थीति बाहिर ल्याइनुपर्ने, बजार निर्माता तथा धितोपत्र व्यापारीको व्यवस्था हुनु पर्ने, निजी क्षेत्रमा अर्को स्टक एक्सचेञ्ज खोल्न अनुमति दिनुपर्ने लगायतका माग पनि अघि सारेका थिए ।

Share News