काठमाडौं । सीजीले हालै नयाँ मोडलका आकर्षक एवंम गुणस्तरयुक्त फ्रिजहरु नेपाली बजारमा ल्याएको छ । उक्त फ्रिजहरुमा खरिदमा ग्राहकले ५ वर्ष सम्मको वारेण्टी पाउन सक्नेछन् ।

कम्पनीका अनुसार उक्त फ्रिजहरु विभिन्न आकर्षक रंगहरुमा १८१ लिटर र १८५ लिटर सिंगल डोरमा र २३० लिटर र २६० लिटर डवल डोरमा उपलब्ध छन् ।
उक्त फ्रिजहरुले बत्ति गएको १२ घण्टासम्म खानालाई चिसो बनाई स्वच्छ र ताजा बनाई राख्दछ । फ्रिजहरु विभिन्न आकर्षक रंगहरु जस्तै खैरो, निलो, रातोमा फुल बुट्टामा बजारमा उपलब्ध छन् ।