काठमाण्डौ । वित्तिय सेवा प्रदान गर्ने संस्था मनिग्रामले आफ्ना ग्राहकहरुलाई फेरि दोब्बर रकम प्राप्त गर्ने अफर ल्याएको छ । विदेशमा रहेका आफन्तहरुको सम्बन्ध अझ बलियो बनाउन मनिग्रामले उक्त विशेष योजना ल्याएको हो ।
योजनाले विशेषतः विदेशबाट नेपालमा रकम पठाउने ग्राहकहरुको प्रयासलाई अझ मजबुत बनाउने जनाएको छ । कम्पनीका अनुसार मनिग्रामबाट ३१ मे, २०१८ सम्ममा कारोबार गर्नु हुने प्रत्येकग्राहकहरु सोे योजनाअन्तर्गत लक्की ड्रमा समावेश हुन सक्नेछन् । मनिग्रामले प्रत्येक हप्ता २ जना विजेता गरी उक्त योजना अवधिभर जम्मा २४ जना भाग्यशाली विजेताहरुको रकम दोब्बर गरिदिनेछ ।
यस योजनाले नेपालमा निक्कै सफलता पाएको कारणले हामीले योजना मे महिनाको अन्तिमसम्म विस्तार गर्ने निर्णय गरेका गरेको कम्पनीको भनाइ छ । कम्पनीको अनुसार नेपाल मुख्य गरी रेमिट्यान्समा भर पर्ने देश भएकोले विदेशमा रहेका नेपालीहरुलाई समर्थन गर्दा उनीहरुका साथै आफन्तजनहरु पनि लाभदायी हुने विश्वास गरिएको छ ।